अर्थ समितिले पारित गर्यो बीमा विधेयक

काठमाडौं । संघीय संसद्काे अर्थ समितिले बीमा विधेयक गरेको छ । समितिको बिहिबार बसेको बैठकले बीमा बिधेयक पारित गरेको हो । सो विधेयकमा समितिको अध्यक्ष स्वतः प्राधिकरण अध्यक्ष हुनेछ ।
तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले बीमा समितिका तत्कालीन अध्यक्ष चिरञ्जीवी चापागाईंलाई हटाउने गलत मनसाय राख्दै २०७५ असारमा नयाँ बीमा ऐनको मस्यौदा संसद्मा दर्ता गरेको आरोप छ । उक्त मस्यौदामा बीमा क्षेत्रको नियामक निकाय बीमा समितिलाई बीमा प्राधिकरण बनाउने प्रस्ताव गरिएको थियो ।
अहिले समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल छन् । अर्थ समितिले पारित गरेको विधेयक संसद्पूले पारित गर्दा बीमा समिति प्राधिकरणमा रुपान्तरण हुँदा पनि सिलवाल नै प्राधिकरणको अध्यक्ष बन्नेछन् । बीमा समितिलाई प्राधिकरणमा लैजाने प्रस्तावको मस्यौदा अलि पहिल्यै बनेको थियो । जसमा भने विद्यमान सञ्चालक समितिलाई नै निरन्तरता दिने उल्लेख थियो ।
बैठकमा बीमा ऐन, २०७५ नेपाल बीमा प्राधिकरण गठन तथा त्यसका काम, कर्तव्य र अधिकार, प्राधिकरण सञ्चालक समिति, अध्यक्ष वा सदस्यको नियुक्ति, उनीहरूको योग्यता, पदावधि, काम, कर्तव्य र अधिकार, पदाधिकारीको स्वार्थ बाझिएमा निर्णय गर्नमा बन्देज, कर्मचारीसम्बन्धी व्यवस्था, प्राधिकरणको कोष, लेखा तथा लेखापरीक्षणलगायत विषयमा दफावार छलफल भएको थियो ।

















बागलुङमा जीप दुर्घटना हुँदा ७ जना घाइते
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिक्रिया