सोमबार, वैशाख ७, २०८३

थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री बादलको संयोजकत्वमा वार्ता टोली

मेरोन्यूज २०७७ चैत १६ गते १५:३६

काठमाडौं । विभिन्न माग राखि आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट/ थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको टोलीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी सदस्य रहेका छन् । सरकारका प्रवक्ता पार्वत गुरुङले सोमवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदले वार्ता टोली गठनको जानकारी दिएका हुन् ।

टिकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायत माथि लगाईएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा थिए।

बिहिवार मात्रै आन्दोलनकारीले आन्दोलन गरेको स्थान माइतीघर मण्डलामै गृहमन्त्री थापा पुगेर उनीहरुका मागका विषयमा जानकारी लिएका थिए । उनले सरकारले वार्ताका लागि वार्ता टोली गठन गर्ने जानकारी पनि गृहमन्त्री थापाले त्यसै दिन गराएका थिए ।

सोही दिन बसेको मन्त्रिपरिषद् वैठकले बार्ता टोली गठन गरेको हो ।

प्रतिक्रिया