फैसला पुनरावलोकन गराउन माओवादी केन्द्र ११ बजे सर्वोच्च जाँदै

काठमाडौं । नेकपा नाम ऋषि कट्टेललाई दिई एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ ।
कानुन व्यवसायीसमेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू कानून व्यवसायी सहित पुनरावलोकनको निवेदन लिएर मंगलबार विहान ११ बजे सर्वोच्च जाने जानकारी दिए । गत फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो ।
सर्वोच्चको आदेशमा दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो । माओवादी केन्द्रले यसअघि कानून व्यवसायी लगायत सरोकारवाला पक्षसँग छलफल गरी पुनरावेदन दिने निष्कर्षमा पुगेको थियो ।
एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो । तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।
सर्वोच्चले एमाले र माओवादी केन्द्रबचि एकता भइ बनेको नेकपाको दर्ता कानून सम्मत नदेखिएको भन्दै गत फागुन २३ गते खारेज गर्ने फैसला गरेको थियो । सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र २०७७ जेठ ३ गते अगाडी कै अवस्थामा फर्किएका छन् । अदालतको उक्त फैसलाप्रति असन्तुष्ट माओवादी केन्द्र भने पुनरावलोकनको तयारीमा लागेको हो ।
















पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया