माधव पक्षीय सांसदद्वारा शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता

काठमाडौं । केन्द्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच अन्तरद्वन्द्व चर्किरहेका बेला प्रदेश नं १ का नेपाल पक्षीय प्रदेशसभा सदस्यले भने मुख्यमन्त्री शेयरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएका छन् ।
गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरी एमाले र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा पुनःस्थापना गराएपछि नयाँ राजनीतिक परिस्थिति निर्माण भएको भन्दै उनीहरुले अविश्वासको प्रस्तावमाथिको समर्थन फिर्ता लिएका हुन् ।
अविश्वासको प्रस्तावमाथिको समर्थन फिर्ता लिनेमा नेपाल पक्षीय प्रदेशसभा सदस्य भीमप्रसाद आचार्य, राजेन्द्रकुमार राई, जीवन घिमिरे, गणेशकुमार काङवाङ, तुलसीप्रसाद न्यौपाने, लछुमन तिवारी, उपेन्द्रप्रसाद घिमिरे, लीलाबल्लभ अधिकारी, खिनु लङ्वा लिम्बू, पदमकुमारी गुरुङ, सरिता थापा, सुनिताकुमारी चौधरी, होमकुमारी साँवा, यशोदा अधिकारी, सावित्राकुमारी रेग्मी र सावित्रा जोशी छन् ।
उनीहरुले लिएको समर्थन फिर्ताको निवेदन प्रदेशसभा सचिवालयमा आज दर्ता भएको छ । तत्कालीन नेकपाका तर्फबाट बहुमत प्रदेशसभा सदस्यले गत पुस १२ गते मुख्यमन्त्री शेयधन राईमाथि प्रदेशसभाको विश्वास छैन भनी प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

















पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया