बिमस्टेक बैठक आज

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) का सदस्य मुलुकहरूको १७औं परराष्ट्र मन्त्रीस्तरीय बैठक बिहीबार हुँदै छ ।
दक्षिण एसियाली सहयोग संगठन (सार्क) र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानका केही सदस्य मिलेर बिमस्टेक बनेको हो । यसमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड र भुटान छन् ।
बिमस्टेकको अहिलेको अध्यक्ष श्रीलंका हो । हरेक दुई वर्षमा हुनुपर्ने बिमस्टेकको शिखर सम्मेलन सन् २०१८ मा नेपालमा चौथोपटक भएपछि रोकिएको छ । पाँचौं शिखर सम्मेलनको तयारीका रूपमा पनि अहिलेको १७औं परराष्ट्रमन्त्रीस्तरीय बैठकलाई हेरिएको छ ।
मन्त्रीस्तरीय बैठकका एजेन्डा तय गर्न बुधबार परराष्ट्र सचिवस्तरीय बैठक बसेको थियो । सचिव स्तरीय बैठकमा सदस्य राष्ट्र म्यान्मारको नरसंहारको विषय भने उठेन । सदस्य राष्ट्र म्यानमारमा सैनिक शासकविरुद्ध प्रदर्शन चर्किरहेको छ ।
विमस्टेकको अध्यक्ष श्रीलंकाले आयोजना गरेको भर्चुअल बैठकमा नेपालको तर्फबाट वरिष्ठ अधिकारीहरुको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका थिए ।
बैठक पूर्वनिर्धारित एजेन्डा अनुसारै अघि बढेको र बीचमा कसैले पनि म्यान्मारमा भएको घटनाबारे नबोलेको स्रोतले जनायो । सचिव पौड्यालले बैठकमा सन् २०१८ मा नेपालमा आयोजना गरिएको चौथो विमस्टेक शिखर सम्मेलन र त्यसपछिका अन्य उच्चस्तरीय बैठकहरुको निर्णयहरु कार्यान्वयनमा भएको प्रगतिको मूल्यांकन गरेका थिए ।
उनले विमस्टेक क्षेत्रका जनताको प्रगति र समृद्धिका लागि सदस्य राष्ट्रबीच गहिरो सहयोगको माध्यमबाट विमस्टेकलाई प्रभावकारी संगठन बनाउन ठोस प्रयास गर्न जोड दिएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया