म्यानमारमा भएको सैनिक दमनको विरुद्धमा यूएन कार्यालय अगाडि प्रदर्शन

ललितपुर । म्यानमारमा भएको सैनिक दमनको विरुद्धमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको भवन अगाडि प्रदर्शन भएको छ ।
प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार सङ्गठन र न्यायका लागि मानवअधिकार सञ्जालले शुक्रबार संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
म्यानमारमा भएको नरसंहारको विरुद्धमा उत्रिएका मानवअधिकारकर्मीहरुले भारत र चीनले समेत दमनको मौन समर्थन दिएको भन्दै विरोध जनाएका छन् । प्राजातान्त्रिक विचार समाज नेपालका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले म्यानमारमा भएको नरसंहारको विरुद्धमा छिमेकी राष्ट्रहरु नै चुप लागेर बसेको भन्दै आपत्ति जनाए । मानवअधिकारकर्मीहरुले ‘म्यानमारमा सैनिक दमन बन्द गर’, ‘म्यानमारमा मानवअधिकार उलङ्घन बन्द गर’, ‘म्यानमारमा सैन्य शासनद्धारा गरिएको नरसंहारको घोर भत्र्सना गर्दछौं’, ‘म्यानमारमा प्रजातन्त्र र नागरिक शासन बहाली गर’, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’ लगायतका नारा लेखिएको व्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।















आरनको भरमा लुहार दम्पतीको जीविका
सुदूरपश्चिममा ४१ हजार मत बदर
पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक
लागुऔषधसहित तेह्र जना पक्राउ
कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया