डोटीमा चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या

डोटी । डोटीका दुईवटा स्थानीय तहमा वर्षौँसम्म पनि एमबिबीएस चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि साविकको महिला तथा बालबालिका कार्यालयले प्रदान गर्ने अपाङ्गता परिचयपत्र अहिले स्थानीय तहले वितरण गर्ने प्रावधानअनुसार परिचयपत्र वितरण कार्य शुरु गरिए पनि चिकित्सक नहुँदा वितरणमा समस्या हुँदै आएको कर्मचारीको गुनासो छ । जिल्लाको शिखर नगरपालिका तथा बोगटान फुड्सिल गाउँपालिकाले अहिलेसम्म चिकित्सक राख्न नसकेका कारण त्यहाँका अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र पाउन सकस हुँदै आएको बताइएको छ ।
अपाङ्गता परिचयपत्र वितरण गर्न मेडिकल रिपोर्टमा एमबिबीएस चिकित्सकले प्रमाणित गरेको हुनुपर्ने प्रावधान भए पनि यहाँका अधिकांश स्थानीय तहमा चिकित्सक तथा मेडिकल अधिकृत नभएका कारण अपाङ्गता परिचयपत्र वितरणमा समस्या भएको जोरायल गाउँपालिका–५ का वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए ।
उनले भने “महिला विकास कार्यालयले विगतमा वितरण गर्दै आएको अपाङ्गता परिचयपत्र वितरणको जिम्मा स्थानीय तहलाई दिइएको छ, कतिपय स्थानीय तहमा चिकित्सक नै छैनन्, चिकित्सकले प्रमाणित नगर्दा कसरी परिचयपत्र दिने हामीलाई पनि समस्या भयो ।” एबिबीएस चिकित्सक राखिएका यहाँका कतिपय स्थानीय तहमा चिकित्सकको योग्यता, क्षमताअनुसारका उपकरण नभएका कारण उनीहरु नै स्थानीय तहमा बस्न नरुचाउने गरेको स्थानीयवासी बताउँछन् ।
स्थानीय तहमा पछिल्लो समय जिल्ला बाहिरबाट मेडिकल अधिकृत झिकाएर अपाङ्गता भएका व्यक्तिलाई प्रमाणित गरी परिचयपत्र वितरण गर्नुपर्ने अवस्था सिर्जना हुँदै आएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले गुनासो गरे ।
उनले भने “अपाङ्गता परिचयपत्रका लागि निवेदन दर्ता हुने गरेका छन्, हामीसँग मेडिकल अधिकृत नभएका कारण जिल्ला सदरमुकाम तथा बाहिरबाट झिकाएर प्रमाणित गर्नुपरेको छ, गाह्रो भइरहेको छ ।” दुई नगरपालिका तथा सातवटा गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा दिपायल सिलगढी, केआइसिंह, जोरायल, आदर्श, सायल, पूर्वीचौकी तथा बडिकेदारमा मात्रै चिकित्सक राखिएको छ भने शिखर नगरपालिका र बोगटान फुड्सिल गाउँपालिकामा अहिलेसम्म चिकित्सक नभएका कारण अपाङ्गता परिचयपत्र वितरणमा समस्या भएको बताइएको छ ।रासस













चितवनका सडकमा १००+ नामीको उत्सव : डोङफेङको विशेष “नामी सेलिब्रेशन ड्राइभ” सम्पन्न
विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग
दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर
कारागारमा ज्यान गुमाएका चौधरीको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया