बोरिङ जडान थालेपछि किसानको मुहारमा चमक

महोत्तरी । आफ्ना खेतका गह्रामा सिँचाइ सुविधाका लागि बोरिङ जडानको काम थालेपछि महोत्तरीको मटिहानी नगरपालिकाका किसान खुसी भएका छन् ।
जिल्लास्थित भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरले नगरपालिकाको समन्वयमा पावरड्रिल स्यालो ट्युवेल–बोरिङ जडान कार्य थालेपछि किसानको मुहारमा चमक बढेको हो ।
वडा नं ६ मा अहिले एकसाथ १० वटा यस्ता बोरिङ जडानको काम थालिएको छ । “पानीबेगर खेती जाँगर मरेका बेला बोरिङ जडानको काम थालिएको छ”, किसान शङ्कर साहले भने, “अब बल्ल हामी किसानका लागि केही हुँदैछ भन्ने आश जागेको छ ।”
यहाँ जडान थालिएका १० वटा बोरिङले ५० बिघा खेतमा सिँचाइ सुविधा पुर्याउने भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।
शङ्करजस्तै यहीकै अर्का किसान रामसेवक साह पनि अब बोरिङ जडान भएपछि समयमा बाली लगाउन पाइने आशमा छन् । “हेर्नोस् न, भन्याबेला पानी हुँदैन, आकासे पानीको भरले कहिल्यै समयमा बाली लगाउन पाइएको छैन”, रामसेवकले भने, “खै अब चै काम थाल्या छन्, केही हुन्छ भन्ने विश्वास बढेको छ ।”
भारतसँग सीमा जोडिएको उक्त नगरपालिकाका मटिहानी, ढेकाहा, वर्दाहा, आवर, धिरापुर र सिमरदही तरकारी उत्पादनको उर्बर ठाउँ मानिन्छन्, तर, खेतीका लागि मुख्य कुरा सिँचाइ नै नहुँदा अपेक्षित उत्पादन लिन नसकेको किसानको गुनासो छ ।
मटिहानीमा बोरिङ जडानको काम प्रदेश २ सरकारको कृषि प्रवर्दन कार्यक्रमअन्तर्गत थालिएको र यसले अब निरन्तरता पाउने नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले किसानको खेतका गह्रागह्रामा पानी पुर्याउने नीति अघि बढाएसँगै स्थानीय पहलकदमी पनि बढेको हुँदा सिँचाइसम्बन्धी कार्यक्रम विस्तार हुँदै जाने नगरप्रमुख मण्डलको भनाइ छ ।
अहिले बोरिङ जडान थालिएको क्षेत्रमा १०० भन्दा बढी किसानले सिँचाइ सुविधा पाउने भएका छन् । दुई/चार कट्ठा जग्गा मात्र भएका गरिब किसानले अब सिँचाइ सुविधा पुगेपछि तरकारी खेतीबाट अपेक्षित उत्पादन लिन सक्ने र जीवनमा सुधार आउने मण्डलको भनाइ छ । (रासस)

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया