राइस कुकरभित्र सुन लुकाएर ल्याउने एक जना पक्राउ
मेरोन्यूज
२०७७ चैत २५ गते १२:४१

काठमाडौं । विमानस्थलका प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राइस कुकरभित्र सुन लुकाएर ल्याउने एक जनालाई पक्राउ गरेको छ ।
धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेको हो । उनि मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका थिए ।
“उनले ल्याएको राईस कुकरको तौल जाँच्दा बढी देखायो। पटक-पटक चेक गर्दा पनि तौल बढी भएपछि हामीले खोलेर हेर्यौं,” विमानस्थल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले भने, कुकरको भित्र सुन राखिएको रहेछ।
उनको साथबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको बाँस्तोलाले बताए। त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला थियो।
सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया