राइस कुकरभित्र सुन लुकाएर ल्याउने एक जना पक्राउ
मेरोन्यूज
२०७७ चैत २५ गते १२:४१

काठमाडौं । विमानस्थलका प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राइस कुकरभित्र सुन लुकाएर ल्याउने एक जनालाई पक्राउ गरेको छ ।
धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेको हो । उनि मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका थिए ।
“उनले ल्याएको राईस कुकरको तौल जाँच्दा बढी देखायो। पटक-पटक चेक गर्दा पनि तौल बढी भएपछि हामीले खोलेर हेर्यौं,” विमानस्थल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले भने, कुकरको भित्र सुन राखिएको रहेछ।
उनको साथबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको बाँस्तोलाले बताए। त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला थियो।
सम्बन्धित

















मेची भन्सारद्वारा ९ अर्ब ९२ करोड राजस्व असुली
President, Vice-President’s greetings on Democracy Day
Two killed, two injured in road accident
14 days to HoR elections: ‘Temporary Voter List Procedure 2082’ issued
यस्ताे छ आज सुनचाँदीकाे मूल्य
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
प्रतिक्रिया