अमेरिकी र्यपर तथा अभिनेता अर्ल सिमन्सको निधन
मेरोन्यूज
२०७७ चैत २८ गते १६:४०

काठमाडौं । अमेरिकी र्यपर तथा अभिनेता अर्ल सिमन्सको निधन भएको छ । उनको मृत्युहृदयघातका कारण भएको अन्तराष्ट्रिय मिडियाले जनाएको छ ।
उनी डीएमएक्स वा डार्क मेन एक्सका रुपमा चिनिन्थे । अन्तराष्ट्रिय मिडियाका नुसार लागुऔषधको ओभरडोजका कारण सिमन्सलाई हृदयघात भएको थियो ।उनले सन् १९९८ मा र्यान संगीतका साथ आफ्नो करियर सुरुवात गरेका थिए ।
गीतको लोकप्रियता बताउने बिडलबोर्ड २०० चार्टमा उनको पहिलो स्टुडियो एलबम ‘इट्स डार्क एण्ड हेल इज हट’ले पहिलो स्थान पाएको थियो । उनले ‘रफ राइडर्स एन्थम’, ‘गेट एट मी डग’ र ‘स्टप बिइङ ग्रीडी’ जस्ता लोकप्रिय गीत दिए । विगत दुई वर्षदेखि डीएमएक्स मादक पदार्थको सेवनको समस्यामा जुधिरहेका थिए ।
सन् २०१९ मा यो समस्याबाट मुक्ति पाउनका लागि एक मदिरा सेवन मुक्त केन्द्रमा गएका थिए । जसकारण उनले कैयौं शो रद्द गर्नुपरेको थियो ।
सम्बन्धित













विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
बाँकेका थारू बस्तीमा माघीको चहलपहल
55 days to elections: Political parties can obtain details of voters across country
सुरक्षण मुद्रण केन्द्रः दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया