साताको पहिलो दिन सेयर बजार ३५ अंकले घट्यो
मेरोन्यूज
२०७८ वैशाख ५ गते १५:३८

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ३५ अंकको पहिरो गएको छ। यस दिन ३५.८९ अंकले घटेर परिसूचक २६.९९ अंकमा झरेको छ।
कारोबार रकम भने उल्लेख्य बढेको छ। कुल ८ अर्ब ८० करोड रुपैयाँको सेयर किनबेच भएको छ। यसअघि बिहीबार ८ अर्ब ६३ करोडको भएको थियो। म्युचुअल फण्डबाहेक सबै समूहहरु यस दिन घटेका छन्।
बैंकिङ ३३, ब्यापार १२५, होटल तथा पर्यटन ९२, विकास बैंक ४८, जलविद्युत ३२, फाइनान्स १६, निर्जीवन बीमा १८३, उत्पादन ६७, अन्य २१, माइक्रोफाइनान्स ५०, जीवन बीमा १११ अंकले घटेका छन्। म्युचुअल फण्ड ०.०६ अंकले मात्रै बढेको छ।
यस दिन २ कम्पनीको मूल्य करिब १० प्रतिशतले नै बढेको छ। महिला लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सको मूल्य ९.९ प्रतिशतले बढेको हो।
अरु दुई कम्पनी दिव्यश्वरी हाइड्रोपावरको मूल्य ९.४ र नेपाल हाइड्रो डेभलपर्सको मूल्य ९ प्रतिशतले बढेको छ।
सम्बन्धित









एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
एमाले महाधिवेशन : ओलीको अग्रता कायम
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया