मौलापुरकी मेयर साह भन्छिन्ः माओवादीले सोधेको स्पष्टिकरण कागजी बाघ मात्र हो

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले माओवादी केन्द्रले सोधेको स्पष्टिकरण कागजी बाघ मात्र भएको बताएकी छन् ।
माओवादी केन्द्रले स्पष्टिकरण सोधेपछि मेयर साहले स्पष्टिकरणका नाममा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आतंकित पार्ने दुस्प्रयास भएको बताइन् ।
पार्टीको हित विपरित काम गरेको भन्दै माओवादी केन्द्रलेस्पष्टिकरण सोधपछि उनले सामाजिक सञ्जालमा २१औं शताब्दीको लोकतान्त्रिक युगमा पनि त्रासपूर्ण राजनीतिको अभ्यास हुनु दुःखद भएको उल्लेख गरेकी छन् ।
‘म बत्ती निभाएर जीतेको होईन, मतपत्र च्यातेर पनि जीतेको होईन, न त कसैसंग तालमेल गरेर नै जीतेको छु ।’ उनले भनिन्, ‘म जनताको अपार मतबाट निर्वाचित नगरप्रमुख हो ।’
लोकतन्त्र विरोधीहरूले कथित स्पष्टीकरणको नाममा आफुहरुलाई तर्साउन खोजेका उनले बताएकी छन् ।
‘विचार राजनीतिमा पतन भई सकेकाहरू आज भ्रम र आतंकमार्फÞत आफ्नो आयु लम्ब्याउन चाहन्छन ।’ उनले भनिन्, ‘न हिजो म कुनै तानाशाहसंग डराएको थिए, न आज यि कायर एवं गद्दारहरूसँग डराउनेछु ।’
कागजी बाघलाई च्यातेर मात्र सत्यको जीत हुने भन्दै उनले प्रचण्डको कथित स्पष्टीकरण रूपी कागजी बाघलाई च्यात्नु नै क्रान्तिकारी योद्धाको कर्तव्य ठान्ने बताएकी छन् ।
उनी शहरी विकासमन्त्री प्रभु साहकी श्रीमती हुन् । एमाले प्रवेश गरेको भन्दै मन्त्री साहलाई पनि माओवादीले हटाइसकेको छ ।









युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
प्रतिक्रिया