मौलापुरकी मेयर साह भन्छिन्ः माओवादीले सोधेको स्पष्टिकरण कागजी बाघ मात्र हो

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले माओवादी केन्द्रले सोधेको स्पष्टिकरण कागजी बाघ मात्र भएको बताएकी छन् ।
माओवादी केन्द्रले स्पष्टिकरण सोधेपछि मेयर साहले स्पष्टिकरणका नाममा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आतंकित पार्ने दुस्प्रयास भएको बताइन् ।
पार्टीको हित विपरित काम गरेको भन्दै माओवादी केन्द्रलेस्पष्टिकरण सोधपछि उनले सामाजिक सञ्जालमा २१औं शताब्दीको लोकतान्त्रिक युगमा पनि त्रासपूर्ण राजनीतिको अभ्यास हुनु दुःखद भएको उल्लेख गरेकी छन् ।
‘म बत्ती निभाएर जीतेको होईन, मतपत्र च्यातेर पनि जीतेको होईन, न त कसैसंग तालमेल गरेर नै जीतेको छु ।’ उनले भनिन्, ‘म जनताको अपार मतबाट निर्वाचित नगरप्रमुख हो ।’
लोकतन्त्र विरोधीहरूले कथित स्पष्टीकरणको नाममा आफुहरुलाई तर्साउन खोजेका उनले बताएकी छन् ।
‘विचार राजनीतिमा पतन भई सकेकाहरू आज भ्रम र आतंकमार्फÞत आफ्नो आयु लम्ब्याउन चाहन्छन ।’ उनले भनिन्, ‘न हिजो म कुनै तानाशाहसंग डराएको थिए, न आज यि कायर एवं गद्दारहरूसँग डराउनेछु ।’
कागजी बाघलाई च्यातेर मात्र सत्यको जीत हुने भन्दै उनले प्रचण्डको कथित स्पष्टीकरण रूपी कागजी बाघलाई च्यात्नु नै क्रान्तिकारी योद्धाको कर्तव्य ठान्ने बताएकी छन् ।
उनी शहरी विकासमन्त्री प्रभु साहकी श्रीमती हुन् । एमाले प्रवेश गरेको भन्दै मन्त्री साहलाई पनि माओवादीले हटाइसकेको छ ।
















बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीसहित १८ जनाको मृत्यु
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया