संसदको हिउँदे अधिवेशन अन्त्य
काठमाडौं । संघयि संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै (सोमबार) दिउँसो १ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेकी हुन् ।
मंगलबार प्रतिनिधीसभाको बैठक तय भइसकेको अवस्थामा संसद अधिवेशन अन्त्य भएको छ ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधीसभा गत पुस ५ मा विघटनको निर्णय लिएपछि सर्वाेच्चले त्यसलाई असम्वैधानिक ठहर गदै ब्यूताईदिएको थियो । त्यसपछि प्रतिनिधि सभाको हिउँदे अधिवेशन गत फागुन २३ गतेबाट सुरु भएको थियो ।
त्यसयता हिउँदे अधिवेशनको ९ वटा बैठक चलेपनि प्रभावकारी हुन नसकेको टिप्पणी हुँदै आएको छ । ९ वटा बैठक सञ्चालन हुँदा समेत कुनै पनि विधेयक संसदमा टेबलसम्म भएन ।
अभिवेशन नरहेको बेला सरकारले ल्याएका अध्यादेश समेत टेबल हुन सकेन । सर्वोच्चको आदेशपछि पूर्नस्थापित प्रतिनिधि सभाको यो अधिवेशन निष्प्रभावी जस्तै बनेको टिप्प्णी हुन थालेका बेला सरकारले अधिवेशन अन्त्यको लागि राष्टपतिलाई सिफारिस गर्ने निर्णय आजै बसेको मन्त्रिपरिष्दा्को आकस्मिक बैठकले गरेको थियो ।
सरकारको सिफारिसमा राष्टपतिले पनि अधिवेशन अन्त्यको निर्णय लिएकी हुन् ।

















बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीसहित १८ जनाको मृत्यु
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया