भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई ओमानद्वारा प्रतिबन्ध

काठमाडौं । ओमानले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको जोखिम बढेकाले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई रोक लगाएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिबन्ध आउँदो शनिवारदेखि लागू हुनेछ । यस्तै २४ घण्टामा भारत, पाकिस्तान र बङ्गलादेशमा ट्रान्जिट परेका यात्रुलाई पनि यो प्रतिबन्ध लागू हुनेछ । तर ओमानका नागरिक, राजनितिक व्यक्ति तथा स्वास्थ्य कार्यकर्तालाई भने यो प्रतिबन्ध लागू हुने छैन ।
यद्यपि उनीहरूको स्वास्थ्य जाँच भने अनिवार्य हुनेछ । भारत, पाकिस्तान र बङ्गलादेशमा कोरोनाको नयाँ ‘भेरिएन्ट’ फैलिएको भन्दै ओमानले त्यहाँबाट आउने यात्रुलाई रोक लगाएको हो ।
भारतमा गएको २४ घण्टामा तीन लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यो विश्वमै अहिलेसम्म सबैभन्दा धेरै हो । यस्तै यही अवधिमा भारतमा कोरोनाका कारण दुई हजारभन्दा धेरैको ज्यान गएको छ ।









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया