चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउने

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताएका छन् ।
कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनद्वारा आज काठमाडौँमा आयोजित ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’को नौ संस्करणको उद्घाटन समारोहमा मन्त्री ज्ञवालीले विश्वभरि फैलिएको कोरोना भाइरसका कारण नेपाली चलचित्र क्षेत्रमा पनि प्रत्यक्ष असर परेकाले सरकारले सहयोग गर्ने आश्वासन दिए ।
कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपालले वार्षिकरुपमा अन्तरराट्रियरुपमा चलचित्र महोत्सव आयोजना गर्नुपर्ने जनाउँदै त्यसका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए । चलचित्र विकास सङ्घका अध्यक्ष आकाश अधिकारीले सरकारले नेपाली चलचित्र क्षेत्रको विकास गर्न वार्षिकरुपमा कार्यक्रम ल्याउनुपर्ने तथा नेपाली चलचित्र अन्तरराष्ट्रियकरण गर्न पहल गर्नुपर्ने बताए ।
कलेजका संस्थापक डा मञ्जु मिश्रले महोत्सवले अफ्रिका र नेपालबीच थप घनिष्ठ सम्बन्ध स्थापना हुने र दुई देशलाई नजीकबाट बुझ्न थप सहयोग पुग्ने बताए । तीन दिनसम्म चल्ने महोत्सवमा नौ अफ्रिकीसहित केही नेपाली चलचित्र प्रदर्शन गरिने जनाइएको छ ।
–––रासस












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
प्रतिक्रिया