प्लान्ट नहुँदा अक्सिजन बाहिरबाट किन्न बाध्यता

काठमाडौँ । नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले अहिले अर्कै जिल्लाबाट किन्नुपर्ने बाध्यता रहेको छ । दोश्रो चरणको कोरोनाको प्रकोप यहाँ ह्वात्तै बढेपछि अक्सिजन प्लान्ट राख्नुपर्ने आवाज उठिरहेको छ ।
नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर मौज्दात अवस्थामा रहे पनि कुनैपनि बेला अभाव हुनसक्ने भएकाले अक्सिजन प्लान्ट अति आवश्यक रहेको अस्पताल विकास समितिका सदस्य सुरेन्द्र गुप्ताले बताए । पर्सा क्षेत्र नम्बर–२ का सांसद बिमल श्रीवास्तावले आफ्नो संसदीय विकास कोषबाट अक्सिजन प्लान्ट राख्न रु दुई करोड वीरगञ्ज महानगरपालिकालाई दिए पनि हालसम्म सो प्लान्ट स्थापना हुन नसकेकाले जुनसुकै बेला समस्या आउनसक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरले बताए ।
मुख्य अक्सिजन सप्लायर्स भाजुरत्नले सप्लाई दिन नसकेको खण्डमा समस्या आउने जनाउँदै मेसु ठाकुरले अस्पतालले आफ्नो खर्च अक्सिजन प्लान्ट राख्ने सोच बनाएको बताए । सप्लार्यसले प्रत्येक दुई घण्टामा मागअनुसारको अक्सिजन सिलिन्डर पठाउने गरेकाले हाल सोको अभाव देखिएको छैन । कोरोना सङ्क्रमित बिरामीलाई होम आइसोलेसनमा जान भने पनि उनीहरु घर जान नमान्दा त्यस्ता बिरामीलाई पनि अक्सिजन दिनुपर्ने भएकाले अक्सिजनको बढी दुरुपयोग हुने गरेको बताइएको छ ।
अस्पतालको प्रयोशालामा शुक्रबार गरिएको परीक्षणमा ८६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । एक सय ३९ जनाको पिसिआर परीक्षण गर्दा ६३ पुरुष र २३ महिला गरी ८६ जनामा सङ्क्रमण देखिएको अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए । हालसम्म सो अस्पतालमा उपचारका क्रममा चैत यता आठ जनाको मृत्यु भइसकेको डा दासले बताए ।
निजि अस्पतालमा सङ्घीय सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि थप्ने भनेर रकम पठाइए पनि केही अस्पतालले श्यया नथपेकाले नारायणी अस्पतालमा यस्ता बिरामीको चाप बढ्दै गएको छ । अहिले नारयणी अस्पतालमा बिरामीको उपचार गर्न ४० श्यया छुट्टाइएको छ । चालीसमध्ये ३१ श्ययामा कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेको अस्पतालका मेसु डा ठाकुरले जानकारी दिए ।
––– रासस










एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिक्रिया