निःशुल्क शव ढुवानी र आर्थिक सहायता नरोकिने

काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस नियन्त्रणमा लिन सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको भए पनि निःशुल्क शव ढुवानी र आर्थिक सहायता वितरण नरोकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै अन्य सेवाहरू भने अनलाइनबाटै सञ्चालन हुने जनाएको छ ।
सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मृतकको घर ठेगानासम्म निःशुल्क ढुवानी गर्दै आएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले कोरोना सङ्क्रमणले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै आजदेखि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरेका छन् ।
उपत्यकामा निषेधाज्ञा जारी भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाईसेवा भने रोकिएका छैनन् । दैनिक औषत दुईरतीनवटा शव विमानस्थलमा आउने गरेको छ । रासस


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया