औषधिको कारोबार गर्नेलाई आवातजावतमा सहजीकरण गरिदिन जिल्ला प्रशासनको आग्रह
मेरोन्यूज
२०७८ वैशाख १६ गते २०:३९

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले निषेधाज्ञाको समयमा औषधिसँग सम्बन्धित व्यक्तिलाई आवातजावतमा सहजीकरण गरिदिन महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आग्रह गरेको छ ।
महाशाखालाई आज पत्र लेख्दै कार्यालयले औषधि व्यवस्था विभागमा कार्यरत कर्मचारी, औषधि वा औषधिको कारोबार गर्ने उद्योगी÷व्यवसायी, सप्लायर्स तथा औषधि पसल/फार्मेसीलगायतमा कार्यरत जनशक्तिले प्रयोग गर्ने सवारी साधनलाई उपत्यकाका सबै क्षेत्रमा निर्वाधरुपमा आवागमनमा सहजीकरण गर्न आग्रह गरेको हो ।
तीव्र गतिमा फैलिएको कोरोना नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका क्रममा आज औषधिसँग सम्बन्धित व्यक्तिलाई आवातजावतमा समस्या भएको गुनासो आएको थियो ।

सम्बन्धित















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
प्रतिक्रिया