सीमानाकामा हुने आवतजावतले कोरोना संक्रमणको जोखिम बढ्दै

लहान । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण पुनः बढदै गएपछि सिरहा जिल्ला पनि यसको उच्च जोखिममा परेको छ । भारतीय सीमा क्षेत्रबाट निर्वाध रुपमा आवतजावत भइरहेका कारण सिरहामा कोरोना संक्रमण फैलिन सक्ने जोखिम बढेको स्थानीयवासी बताउँछन् ।
‘‘भारतीय बजार जाने आउने क्रम चल्दै छ”, लहान नगरपालिका–७ का वडाध्यक्ष राकेश रोशन गुप्ताले भने, ‘‘सीमाक्षेत्रमा हुने आवागमन नरोकिदाँ कोरोना संक्रमणको जोखिम अत्यधिक बढेको छ ।” जोखिम बढ्दै गएपनि सो अनुसारको सुरक्षा साबधानी अपनाइएको देखिदैन्, उनले भने । ‘‘भारतको बिहारमा समेत कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिरहेको छ”, लहानका स्थानीयवासी सत्यनारायण चौधरीले भने, ‘‘छिमेकी जिल्लामा कोरोना फैलिरहेपनि सिरहामा स्वास्थ्य सुरक्षा साबधानी अपनाइएको देखिदैन्, फलस्वरुप कुनै पनि बेला कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिन सक्ने भएकाले नेपाल भारत सीमाक्षेत्रमा हुने आवागमनलाई तत्काल रोक्नुपर्छ ।” एकातिर सीमासँग जोडिएका भारतको बिहार राज्यका विभिन्न स्थानमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेकाले तत्काल भारतीय सीमा नाकाहरु बन्द गर्नुपर्ने आवाज उठेपनि कार्यान्वयन नहुदाँ अझै सर्वसाधारण वारिपारि गरिरहेका छन् ।
भारतको विभिन्न शहरमा काम गरी नेपाल फर्किने क्रम पनि अझै रोकिएको छैन् । खुल्ला सीमानाका कारण मुख्य नाकासँगै अन्य विभिन्न चोर बाटो भएर सर्वसाधारण नेपाल भित्रिने गरेका छन् । तीमध्ये अधिकांशले सिधैं परिवार तथा आफन्तजनको सम्पर्कमा पुग्ने गरेका कारण कोरोना भाइस सङ्क्रमण उच्च दरमा फैलिने सम्भावना प्रवल रहेको छ । सिरहा बरियारपट्टीका स्थानीयवासी मुकेश यादवले भने, ‘‘सरकारले एकातिर सीमानाका बन्द गर्ने बताइरहेको छ भने अर्कोतिर भारतीय बजार जाने र आउने क्रम बढेकाले जोखिम बढेको छ ।” खुल्ला सीमानाकाका कारण हुलका हुल मानिसहरु सीमावर्ती भारतीय बजार लदनियाँमा जाने आउने गरिरहेकाले संक्रमणको जोखिम बढ्को तर स्थानीय तहबाट त्यसलाई रोक्ने प्रयास नभएको स्थानीयवासीको गुनासो छ । यसका साथै दैनिक लाग्ने हाटबजारमा पनि सर्वसाधारणको चहल पहल ह्वातै बढेको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणँेलले जिल्लामा कोरोना संक्रमण फैलिन नदिन सुरक्षा सतर्कता बढाइएको बताए । सिरहा प्रवेश गर्ने नाकाहरुमा सुरक्षा निगरानी बढाउनुका साथै सीमानाकामा हेल्थ डेस्क राखिएको उनेले जानकारी दिए । उनेले भने, ‘‘सीमा नाकामा हुने आवतजावतमा कडाइ गरेका छौं, हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरेर मात्र जान दिएका छौं, अब लुकीछिपी चोर बाटो भएर आइरहेको छ भन्ने त्यसलाई पनि रोक्ने प्रयास गर्छौ ।” विश्व समुदाय नै कोरोनाको महामारीसँग जुधिरहेकाले यसप्रति सबै सचेत हुनुपर्ने उनले बताए । रासस
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया