लकडाउनमा पनि अमेरिकी लगायत ६ देशको मुद्रा महंगो

काठमाण्डौँ । लकडाउनको बेला पनि अमेरिकी लगायत ६ वटा देशको विदेशी मुद्रा सटहीदर आज आइतबार महंगो भएको छ । अमेरिकी डलर १ को खदिरदर १ सय १८ रुपैयाँ २० पैसा छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ८० पैसा रहेको छ । यस्तै महंगो भएको क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ २८ पैसा खरिद रहेको छ भने ९६ रुपैयाँ ७७ पैसा बिक्रि मुल्य तोकिएकोे छ ।
जापानिज ऐन प्रति १० बराबर १० रुपैयाँ ८५ पैसा बिक्रिदर १० रुपैयाँ ९१ पैसा रहेर महंगो भएको राष्ट्र बैंकले जनाएको छ । चाइनिज युयन पनि महंगो हुँदा १ युयनको खरिद १८ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ३७ पैसा कायम भएर सटहीदर रहेकोे राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले जारी गरेको बैदेशिक रकम खरिदबिक्रिदरमा कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ४६ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ६३ पैसा कायम रही महंगो भएको छ ।
यस्तै महंगो भएको युएइ दिराम १ को खरिद मूल्य ३२ रुपैयाँ १८ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ६४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अन्य सबै राष्ट्रको मुद्रा सटहीमा गिरावट आएको छ । सस्तो हुनेमा युरो १ को खरिदद १ सय ४२ रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर १ सय ४३ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६४ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ २२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर १ को खरिद मुल्य ९१ रुपैयाँ ८१ तोकिएको छ भने बिक्रिदर ९२ रुपैयाँ २८ पैसा छ । यस्तै सिंगापुर डलर १ को खरिददर ८९ रुपैयाँ ३ पैसा छ भने बिक्रीदर ८९ रुपैयाँ ४८ पैसा रहेको छ । साउदी अरबियन रियाल १ कोे खरिद मूल्य ३२ रुपैयाँ ८८ पैसा र बिक्रि मूल्य ३३ रुपैयाँ ५ पैसा रहेको छ । यस्तै मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ ८० र बिक्रि मूल्य २८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
साउथ कोरियाको कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ६४ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । लकडाउनका कारण अधिकांश वाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज भएपनि खुला भएका कम्पनीमा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया