प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी
मेरोन्यूज
२०७८ वैशाख १९ गते १८:०९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिने बताएका हुन् ।
उनी मन्त्रिपरिषद्को बैठक चलिरहँदा प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएको स्रोतले जनाएको छ । उनले आगामी २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा रहेको स्रोतले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया