बलात्कारको अभियोग लागेका पूर्व डिएसपीले पाए सफाई
मेरोन्यूज
२०७८ वैशाख १९ गते १८:२३

काठमाडौं । नेपाल प्रहरीका पूर्वडिएसपी राज कुमार खिउजुलाई अदालत सफाई दिएको छ ।
गत ९ बैशाखमा जिल्ला अदालत ललितपुरका जिल्ला न्यायाधीश देवबहादुर गिरीको इजलाशले जबरजस्ती करणी अभियोग लागेका पूर्व डिएसपी खिउजुलाई सफाई दिएको हो ।
उनिविरुद्ध गत वर्ष १४ जेठमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।
खिउजु महानगरीय प्रहरी वृत्त चापागाउँको इन्चार्ज हुँदा एक सेवाग्राही युवतीलाई बलात्कार गरेको भन्दै जाहेरी परेको थियो । आफूविरुद्ध उजुरी परेलगत्तै राजीनामा दिएर उनी फरार भएका थिए ।
प्रहरी रिपोर्ट बनाउन वृत्त पुगेकी किशोरीलाई सहयोग गरिदिने बहानामा उनले पटक पटक बलात्कार गरेको उजुरी दियो । सम्बन्ध राखेको भिडियो खिची ब्लाकमेलिङ गरेको समेत पीडितको भनाई छ ।
सम्बन्धित
















लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया