त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २० मिनेटमा एक उडान हुने
मेरोन्यूज
२०७८ वैशाख १९ गते १९:१०

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २० मिनेटमा एक उडान गर्ने गरी कोटा तय गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकहरुबीच आज भएको छलफलबाट उडान सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी उक्त उडान गर्ने सहमति भएको हो ।
अब दैनिक ३५ वटा उडान मात्र हुने भएको छ । प्राधिकरणका अनुसार नयाँ कोटा प्रणाली अनुसार बुद्धले दैनिक १८ वटा उडान गर्ने पाउने छ । यस्तै यति एयरलाइन्सले १० वटा उडान गर्ने छ । श्री एयरलाइन्सले ५ उडान गर्ने भएको छ । सौर्य एयरलाइन्सले २ र दूर्गम भेगका लागि एउटा उडान तोकिएको जनाइएको छ ।
त्रिभुवन विमानस्थलबाट हुने उडान संख्याको कोटा तोकिपछि वायुसेवा कम्पनीले सोमबारका लागि निर्धारित कतिपय उडान रद्द गरेका छन् ।
सम्बन्धित


















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया