महामारी नियन्त्रणका लागि वाग्मती सरकारले सम्पूर्ण खर्च गर्ने

काठमाडौँ । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना महामारी रोक्न कुनै कसर बाँकी नराखिने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले कोरोनाको संक्रमण नियन्त्रणका लागि सबै क्षेत्र लाग्नुपर्ने बताए ।
सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारीले प्रदेश मातहतका सबै अस्पताल तथा स्वास्थ्य संस्था एवं स्थानीय तहलाई महामारी नियन्त्रणका लागि लाग्न अनुरोध गरिएको जनाउँदै महामारी नियन्त्रणका लागि गरिने सम्पूर्ण खर्च गर्न सरकार तयार रहेको बताए । “महामारी नियन्त्रण गर्न चाहिने भौतिक संरचना निर्माण वा भाडामा लिन, स्वास्थ्य सामग्री खरीद गर्न, स्वास्थ्यकर्मी वा चिकित्सक नियुक्त गर्न जे आवश्यकता छ त्यो गर्नुस् भनेका छौंँ, हरेक कामका लागि रकम निकासा गर्न र सम्पूर्ण आर्थिक दायित्व पूरा गर्न मन्त्रालय तयार छ भनेका छौंँ”, उनेले भने ।
मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तम सेढाईँले देशका कूल संक्रमितमध्ये वाग्मतीमा आधाभन्दा बढी भएको जानकारी दिए । उनका अनुसार नेपालमा कूल संक्रमित तीन लाख ३६ हजार ३० रहेकामा वाग्मतीमा मात्रै एक लाख ८३ हजार ३०५ जना छन् । डा सेढाईँले पछिल्लो २४ घण्टामा प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुरमा सबैभन्दा बढी नयाँ संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार प्रदेशका ४१५ सघन उपचार कक्ष शय्यामध्ये २८० मा बिरामी भर्ना भएका छन् । त्यस्तै भेन्टिलेटर बेडको संख्या १६० रहेको र तिनमा भर्ना भएका बिरामी ९० जना रहेको जनाइएको छ । रासस














प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया