आइतबार, वैशाख ७, २०८२

आज पनि मौसम बदली हुने / कुन कुन प्रदेशको मौसम कस्तो छ त ?

मेरोन्यूज २०७८ वैशाख २१ गते ७:४७

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश २ र प्रदेश १ मा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले उल्लेख गरेको छ। प्रदेश २ र प्रदेश १ का केहि भू–भागहरूमा मेघगर्जन÷चट्याङ्ग सहित वर्षा भएको छ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र प्रदेश २, लुम्विनी, र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका पहाडी भू–भागका केहि स्थानहरूमा मेघगर्जन र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाले जनाएको छ।

यस्तै राती देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रि मनसुनको समय भएकाले देशका केही स्थानमा मेघगर्जन र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया