डोटी र बागलुमा आज रातिबाट निषेधाज्ञा

डोटी । जिल्लामा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी प्रशासनले १० दिन निषेधाज्ञा लगाउने भएको छ ।
कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए ।
पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङक्रमण बढेसँगै जिल्लामा दिनहुँ सङ्क्रमित बढ्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ देखि यता जिल्लामा १७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने कोरोनाकै कारण दुई जनाको ज्यान गइसकेको छ ।
अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमित भएका प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जिल्लामा यहाँका सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा बढी कोरोनाको त्रास फैलिएको छ । भारतबाट रोजगारी गरी फर्किएका नागरिकहरु सिधै गाउँमा गएर समाजमा घुलमिल भएका कारण गाउँमा कोरोना सङ्क्रमणको त्रास फैलिएको स्थानीयवासी बताउँछन् ।
बागलुङमा पनि आजदेखि निषेधाज्ञा
कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि बागलुङमा पनि आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ ।
जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिश गरेपछि निषेधाज्ञा जारी भएको हो ।
समितिको निर्णयअनुसार बागलुङ नगरपालिकामा वैशाख महिनाभर निषेधाज्ञा जारी भएको छ । यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघले निषेधाज्ञाका लागि प्रशासनमा अनुरोध गरेका थिए ।
निषेधाज्ञाको समयमा सरकारी कार्यालय भने आंशिक खुल्नेछन् । कार्यालय प्रमुखले आलोपालो प्रणालीमा भीडभाड कम हुने गरी कार्यालय सञ्चालन गरेर अत्यावश्यक सेवा दिन समितिले निर्देशन दिएको छ ।
सङ्क्रमित जनप्रतिनिधिको मृत्यु
बागलुङमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल गएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचारकक्षमा राखेर उनको उपचार भइरहेको थियो ।
श्वासप्रश्वासकै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा. शैलेन्द्र विक पोखरेलले बताए । उनी गाउँ कार्यपालिका सदस्य हुन् ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया