चीनले दिने २० हजार थान अक्सिजन सिलिण्डर अर्को साता नेपाल आइपुग्ने
चीनले दिने अक्सिजनको सिलिण्डमध्ये २ हजार थान हवाई र १८ हजार थान स्थलमार्गबाट ल्याउने तयारी

काठमाडौँ । नेपाललाई चीनले सहयोग दिने भनिएको २० हजार थान अक्सिजन सिलिण्डर अर्को सातासम्म काठमाडौँ आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चीनले सहयोग गर्ने २० हजार थान अक्सिजन सिलिण्डर अर्को सातासम्ममा नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।
‘चीनले दिने भनिएको अक्जिसन सिलिण्डर अर्को सातासम्ममा नेपाल आइपुग्ने छ,’ डा. गौतमले भने, ‘हामीले २ हजार हवाईमार्ग र १८ हजार थान सिलिण्डर स्थलमार्गबाट ल्याउने तयारी गरेका छौँ ।”
कोरोना भाइरस संक्रमितलाई अक्सिजन अभाव नहोस् भन्नका लागि नेपालको आग्रहपछि चीनले २० हजार थान अक्सिजन सिलिण्डर सहयोग दिने भएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरूसँग आयोजना गरेको सामूहिक छलफलका क्रममा नेपाललाई ५० लाख आरएमबी (९ करोड १८ लाख बढी) मूल्य बराबरको स्वास्थ्य सामग्री दिने घोषणा गरेको थियो ।
कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को शुक्रबारको बैठकमा पनि चीनले सहयोग स्वरुप उपलब्ध गराउने भनेकामध्ये दुई हजार सिलिण्डरलाई जहाजबाट ल्याउनेबारे छलफल गरेको थियो ।
यसैगरी, गत साता नै सरकारले नेपालका अक्सिजन उद्योगका प्रतिनिधिहरूको छलफलपछि २० हजार थान सिलिण्डर खरिद गर्ने र त्यसको सोधभर्ना सरकारले गरिदिने बताएको थियो ।

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया