संस्थालाई महामारी रोकथाममा सघाउन परिषद्को आग्रह
मेरोन्यूज
२०७८ वैशाख २१ गते १५:४७

काठमाडौँ । समाज कल्याण परिषद्ले सामाजिक क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ÷संस्थालाई आफ्नो चालु परियोजनाबाट निश्चित प्रतिशतसम्मको रकम कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सहायता गर्न निर्देशन दिएको छ ।
परिषद्सँग सम्झौता गरी वा स्वीकृति लिई सञ्चालन भइरहेका परियोजनाको कूल बजेटबाट रकमान्तर गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको प्राथमिकताका क्षेत्रमा उपचार सहायता गर्न आग्रह गरिएको हो । ती संस्थाले अक्सिजन, सिलिन्डर, लिक्विड, भेन्टिलेटर, आइसियुलगायत सामग्रीमा सहायता गर्न सक्नेछन् ।
यसरी सहायता गर्दा रु पाँच करोडसम्मको परियोजना चलाएकाले २०, रु १० करोड भएकाले १५, रु २५ करोड भएकाले १०, रु ५० करोड भएकाले सात प्रतिशत र सोभन्दा माथिको परियोजना चलाउने संस्थाले पाँच प्रतिशतको सीमामा रही सहायता गर्न सक्नेछन् । रासस
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया