नेपालमा ३ हजार रेम्डेसिभिर भित्रियो, कुन अस्पतालले कति पाए ?

काठमाडौं । कोरोनाको गम्भीर प्रकारका बिरामीको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधिको तीन हजार भाइल काठमाडौं भित्रिएको छ । मंगलबार ३ हजार भाइल रेम्डेसिभिर औषधि बंगलादेशबाट नेपाल आइपुगेको हो । सो औषधि मंगलबार काठमाडौं भित्रिएको औषधि देशभरका ५० वटा अस्पतालहरुमा वितरण गरिएको छ । जसमध्ये अधिकाशं काठमाडौं केन्द्रित अस्पतालमा वितरण गरिएको छ ।
हाम्रो मेडी कन्सर्न प्रा.लि ले बेक्सिम्को फर्मास्युटिकल्स बंगलादेशबाट उत्पादित तीन हजार भाइल रेम्डेसिभिर आयात गरेको औषधि व्यवस्था विभागले जनाएको छ । हाम्रो मेडि कन्सर्नले आयात गर्ने २० हजार भाइलमध्ये तीन हजार भाइल काठमाडौं भित्राएको थियो ।
कुन अस्पतालले कति पाए रेम्डेसिभिर ?
त्रि.वि शिक्षण अस्पताल महाराजगञ्ज १३५, नेपाल पुलिस हस्पिटल १०८, ग्रान्डी अस्पताल ५४, चिरायु नेशलन हस्पिटल ५४, केडिसी २७, भक्तपुर अस्पताल २७, मध्यपुर अस्पताल १२, ह्याम्स अस्पताल १०८, बी एण्ड बी ५४, नर्भिक अस्पतालले ५४ भाइल रेम्डेसिभिर प्राप्त गरेका छन् ।
यसैगरी, नेपाल आर्मी हस्पिटल ५४, नेपाल शसस्त्र प्रहरी अस्पताल ५४, सुमेरु सिटी हस्पिटल १८, मेडिप्लस १२, कोरियन मैत्री हस्पिटल १२, शिर मेमोरियल १२, वीर अस्पताल ५४, मेडिसिटी हस्पिटल १०८, नेपाल मेडिकल कलेज १२, पाटन हस्पिटल ५४, स्टार हस्पिटल १२, मेघा हस्पिटल २७, सिभिल सर्भिस हस्पिटल १०८, नेपाल नेशनल हस्पिटल ५४, नारायनी उपक्षेत्रीय हस्पिटलले ५४ भाइल प्राप्त गरेका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल १०८, काठमाडौं मेडिकल कलेज ५४, हेल्पिङ ह्यान्स सामुदायिक हस्पिटल २७, ओम अस्पताल ५४, निदान अस्पताल ५४, मेडिकेयर अस्पताल ५४, बयोधा अस्पताल १२, ग्रिनसिटी अस्पताल ५४, खांग्री अस्पताल १२, मनमोहन मेमोरियल अस्पताल २४, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले १२ भाइल रेम्डेसिभिर प्राप्त गरेको विभागले जनाएको छ।
भरतपुर अस्तपाल १८, फिस्टेल हस्पिटल पोखरा २७, कीर्तिपुर हस्पिटल २७, दीर्घायु गुरु हस्पिटल २७, काठमाडौं मोडेल हस्पिटल २७, लुम्बिनी प्रादेशिक अस्पताल १०८, युसिएमएस ५४, राप्ती उपक्षेत्रीय अस्पताल ५४, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर १०८, स्वास्थ्य सेवा विभाग १०८, सिविक हस्पिटल २७, शहीद मेमोरियल हस्पिटल २७, विपी स्मृति हस्पिटलले २७, नेपाल भारत मैत्री हस्पिटललाई २७ भाइल वितरण गरिएको छ । २०० भाइल सिधै बिरामीलाई उपलब्ध गराइएको विभागले जनाएको छ ।

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
प्रतिक्रिया