कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मी भर्ना गरिँदै

डोटी । दोस्रो चरणको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुुदूरपश्चिम प्रदेश सरकारले विभिन्न पदका लागि ४४६ स्वास्थ्यकर्मी भर्ना प्रक्रिया शुरु गरेको छ । रिक्त रहेको दरबन्दी र थप आवश्यकता रहेको ठाउँमा करारमा स्वास्थ्यकर्मी भर्ना गर्नका लागि प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले दरबन्दी स्वीकृति गरेको प्रदेश मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
प्रदेश मातहतमा रहेका अस्पताललाई आवश्यक पर्ने जनशक्ति तत्काल करारमा भर्ना गर्नका लागि निर्देशन दिइसकिएको सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले बताए । उनले भने, “कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि हामीले ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी भर्ना प्रक्रिया शुरु गरेका छौँ, सबै स्वास्थ्यकर्मीको पदपूर्ति भए कोरोना नियन्त्रण गर्न सहज हुनेछ ।” यसैगरी प्रदेश सरकारले यहाँका नौवटै जिल्लामा रहेका अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य प्रविधि तथा अक्सिजन खरिद प्रक्रिया पनि शुरु गरेको बताइएको छ ।
प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल, जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुला तथा जिल्ला अस्पताल डोटीमा आवश्यक पर्ने ४४६ स्वास्थ्यकर्मी भर्ना गर्न अस्पतालाई अनुमति प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । रासस
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया