देशैभर ६२५ कोरोना संक्रमित आइसीयूमा,कुन प्रदेशमा कति ?

काठमाडौं । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६ सय २५ र भेन्टीलेटरमा २०१ जना उपचाररत छन् । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरका विभिन्न कोभिड अस्पतालमा ६५२ जना आइसीयूमा र २०१ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
कुन प्रदेशमा कति कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी ३४९ जना बागमती प्रदेशका विभिन्न अस्पतालको आइसीयूमा उपचाररत रहेका छन् । सोही प्रदेशमा सबैभन्दा बढी १२५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यसैगरी, प्रदेश १ का विभिन्न अस्पतालको आइसीयूमा १०७ जना र १७ जना भेन्टिलेटरमा ,प्रदेश २ मा आइसीयूमा २४ जना र भेन्टिलेटरमा २ जना, गण्डकी प्रदेशमा ३८ जना आइसीयूमा र १३ जना भेन्टिलटेरमा ,लुम्बिनी प्रदेशमा ७७ जना आइसीयूमा र २० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यसैगरी, कर्णाली प्रदेशको आइसीयूमा ३३ जना र भेन्टिलेटरमा १२ जना र सुदुरपश्चिम प्रदेशमा आइसीयूमा २४ र भेन्टिलेटरमा १२ जना कोरोनाका जटिल बिरामी उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया