विराट र अनुष्काले दिए झण्डै ३ करोड सहयोग

काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरुस (कोभिड–१९)बाट बच्न र बचाउनका लागि भारतका चर्चित जोडी सहयोग अभियानमा लागेका छन् । भारतीय क्रिकेटर विराट कोहली र कलाकार अनुष्का शर्माको जोडीले कोडिभ १९ को नयाँ भेरियन्ट न्यूनीकरण गर्न सहयोग अभियान सुरु गरेका हुन् ।
अभियानमा उनीहरुले २ करोड भारतीय रुयियाँ अर्थात २ करोड २० लाख रुपैयाँ सहयोग स्वरुप दिएका छन् । उनीहरुले कम्तिमा ७ करोड भारतीय रुपियाँ संकलन हुने अपेक्षा गरेका छन् ।
एक हप्ता चल्ने उनीहरुको सहयोग संकलन अभियानबाट संकलित रकमलाई एक्सन कोभिड १ टोलीलाई हस्तान्तरण गर्ने उनीहरुले बताएका छन् । एक्सन कोभिड १ टोलीले अक्सिजन, मेडिकल, खोपलगायत प्रदान गर्दै आइरहेको छ ।
कोरोनाबाट मुक्ति भएर सन्तुष्टताका लागि सहयोग अभियान थालेको बताउँदै क्रिकेटर कोहलीले ट्वीटरमार्फत श्रीमती अनुष्कासँग मिलेर सुरु गरेको अभियानमा सबैको साथ हुने अपेक्षा गरेका छन् । साथमा अनुष्काले पनि सहयोगको अपिल गरेकी छन् ।
कोभिड सुरु भएको गत वर्ष पनि ५५ जना भारतीय चर्चित व्यक्तिहरु एसीटी अनुदान नाम राखेर सहयोगको अभियानमा अघि बढेका थिए । जसबाट १ अर्ब भारतीय रुपियाँ संकलन भएको थियो ।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया