दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
मेरोन्यूज
२०७८ वैशाख २४ गते १७:००

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै धरौट राखेर वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो ।
डिल्लीबजारस्थित कारागार कार्यालयको थुनामा रहेका बस्न्यातलाई कोरोना संक्रमण भएपछि उनको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । मुटुको रोगी भएकाले धरौटीमा रिहा भइ मुद्दा लड्न पाउनुपर्ने बस्न्यातको माग थियो ।


सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया