बारीमा खन्दै गर्दा भेटिए विप्लव ! (भिडियोसहित)

काठमाडौँ । करिब २ वर्षको भूमिगत राजनीतिपछि सार्वजनिक भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शनिबार कपिलवस्तुमा खनिरहेको अवस्थामा सार्वजनिक भएका छन् । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै उनी सार्वजनिक भएका थिए ।
काठमाडौँको राष्ट्रिसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव एउटै मञ्चमा देखिएका थिए । यसअघि उनी पहिलोपटक नवलपरासीमा सार्वजनिक भएका थिए ।
प्रधानमन्त्री ओली नेतृत्वकै सरकारले विप्लवको पार्टीले अवैधानिक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएको थियो । ०७५ सालको फागुन अन्तिम सातातिर सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव नेतृत्वको पार्टी भूमिगत बनेको हो ।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच गत फागुन २१ गते ३ बुँदे सहमति भएपछि विप्लव सार्वजनिक हुने बाटो खुलेको थियो । यससँगै शान्तिपूर्ण मूलधारको राजनीतिमा आएका विप्लव राजनीतिको केन्द्र काठमाडौँभन्दा बाहिरी जिल्लामा देखिँदै आएका छन् ।
आफ्नो पार्टीको केन्द्रीय कार्यालय र सभागृह भवनसमेत कपिलवस्तुको शिवगढीमा राखेको विप्लव शनिबार सोही स्थानमा खनिरहेको अवस्थामा देखिएका थिए । यसअघि उनले बेल्चा चलाइरहेको भिडियो सार्वजनिक भएको थियो । पार्टीको केन्द्रीय समितिको बैठक पनि विप्लवले आफ्नै गाउँ शिवगढीमा राख्दै आएका छन् । ६ दिनसम्म बसेको बैठकले संयुक्त सरकार बन्ने अवस्था आए सरकारमा जानेसम्मको निर्णय लिएको थियो ।
पार्टीमा ३१ जना नेतालाई केन्द्रीय समितिमा थप गरी ६१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय उनले कपलिवस्तुबाट नै गरिरहेका छन् । केही दिनअगाडि कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरूका लागि राख्न बनाइएका आइसोलेसन केन्द्रको अनुगमन गरिरहेका विप्लव बारीमा खनिरहेको अवस्थामा भेटिएका हुन् ।
काठमाडौँ उपत्यकामा खासै नभेटिने उनी उपत्यकाबाहिर नै व्यस्त हुने गरेका छन् । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा सक्रिय सहभागिता जनाउँदै आएका उनले आज ‘नियमित जनश्रम, कपिलवस्तु’ भनेर खन्दै गरेको फोटो र भिडियो सार्वजनिक गरेका छन् ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया