बारीमा खन्दै गर्दा भेटिए विप्लव ! (भिडियोसहित)

काठमाडौँ । करिब २ वर्षको भूमिगत राजनीतिपछि सार्वजनिक भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शनिबार कपिलवस्तुमा खनिरहेको अवस्थामा सार्वजनिक भएका छन् । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै उनी सार्वजनिक भएका थिए ।
काठमाडौँको राष्ट्रिसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव एउटै मञ्चमा देखिएका थिए । यसअघि उनी पहिलोपटक नवलपरासीमा सार्वजनिक भएका थिए ।
प्रधानमन्त्री ओली नेतृत्वकै सरकारले विप्लवको पार्टीले अवैधानिक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएको थियो । ०७५ सालको फागुन अन्तिम सातातिर सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव नेतृत्वको पार्टी भूमिगत बनेको हो ।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच गत फागुन २१ गते ३ बुँदे सहमति भएपछि विप्लव सार्वजनिक हुने बाटो खुलेको थियो । यससँगै शान्तिपूर्ण मूलधारको राजनीतिमा आएका विप्लव राजनीतिको केन्द्र काठमाडौँभन्दा बाहिरी जिल्लामा देखिँदै आएका छन् ।
आफ्नो पार्टीको केन्द्रीय कार्यालय र सभागृह भवनसमेत कपिलवस्तुको शिवगढीमा राखेको विप्लव शनिबार सोही स्थानमा खनिरहेको अवस्थामा देखिएका थिए । यसअघि उनले बेल्चा चलाइरहेको भिडियो सार्वजनिक भएको थियो । पार्टीको केन्द्रीय समितिको बैठक पनि विप्लवले आफ्नै गाउँ शिवगढीमा राख्दै आएका छन् । ६ दिनसम्म बसेको बैठकले संयुक्त सरकार बन्ने अवस्था आए सरकारमा जानेसम्मको निर्णय लिएको थियो ।
पार्टीमा ३१ जना नेतालाई केन्द्रीय समितिमा थप गरी ६१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय उनले कपलिवस्तुबाट नै गरिरहेका छन् । केही दिनअगाडि कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरूका लागि राख्न बनाइएका आइसोलेसन केन्द्रको अनुगमन गरिरहेका विप्लव बारीमा खनिरहेको अवस्थामा भेटिएका हुन् ।
काठमाडौँ उपत्यकामा खासै नभेटिने उनी उपत्यकाबाहिर नै व्यस्त हुने गरेका छन् । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा सक्रिय सहभागिता जनाउँदै आएका उनले आज ‘नियमित जनश्रम, कपिलवस्तु’ भनेर खन्दै गरेको फोटो र भिडियो सार्वजनिक गरेका छन् ।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया