आजको राशिफलः वैशाख २६ गते आइतबार

काठमाडौं । आज २०७८ वैशाख महिनाको २६ गते आइतबार, वैशाख कृष्णपक्षको त्रयोदशी तिथि । आज कानून दिवस रहेको छ । अब लागौं आजको राशिफलतर्फ
मेष
सुख सुविधामा कमि आउने छ । साथै मनमा अत्याधिक दुविधाले सताउने छ । आत्माबल बलियो हुने भएकाले त्यति प्रतिकुलता हुन भने जाने छैन् । पेशागत र ब्यावसायिक जीवनको हकमा भने समय त्यति प्रतिकुल छैन् । फलाम, उद्योग कलकारखाना, श्रम क्षेत्र, ठेक्का पट्टा, विषादीको ब्यापार, सिमेण्ट, डण्डी, औषधी, आदी जस्ता ब्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ । घर घडेरी, गाडि, सवारीसाधन आदी खर्च हुने वा नोक्सान हुने योग रहेकाले सतर्क भएर अघि बढ्नु पर्ने समय रहेको छ ।
वृष
प्रभावकारी ब्यक्तित्व हुने छ । कमाई, आम्दानी तथा आफ्नो इच्छापूर्ति प्राप्तिका लागि मनमा दृढता प्राप्त हुने छ । भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरु पूरा हुनेतर्फ प्रगति हुने छ । पेशागत तथा ब्यावसायिक जीवनमा पनि सकारात्मकता थपिने छ । पानी, मदिरा, आइसक्रिम, आयात, कोल्ड ड्रिङ्स, एकाउन्टेण्ट, आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने समय छ । राजनीति जीवनमा रहेकाहरुको हकमा समय संयमित रहनु पर्ने देखिन्छ ।
मिथुन
पारीवारिक संलग्नतामा गरिएका काममा प्रगति हुने छ । परिवारको साथ लिएर काम गर्नाले सफलता मिल्ने छ । धन सम्पत्तिको बृद्धि हुने छ । रिस धेरै उठ्ने हुँदा रिस नियन्त्रणमा निकै ध्यान दिनु होला । नेतृत्वदायी ब्यक्तित्व हुने छ । प्राप्त भुमिका राम्रोसँग निर्वाह गर्न सक्ने हुँदा राजनीतिक वृत्तमा सफलता मिल्ने छ । तर भाग्यहिनताको अनुभुति हुने भएकाले जाँगरमा कमि ल्याउने छ ।
कर्कट
समय अनुकुल देखिन्छ । सक्रिय खालको ब्यक्तित्व हुने छ । अरुको विश्वास जित्न सक्ने उर्जा प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरुबाट फाइदा मिल्ने छ । आफ्नो सक्रियतामा भाग्योदय हुने छ । राजनीति, निजामति, प्रशासन आदीमा सक्रियहरुको हकमा पेशागत उन्नति हुने छ । तर होटल, रेष्टुरेण्ट, ठेक्का पट्टा जस्ता क्षेत्रमा सक्रियहरुका लागि समय प्रतिकुल रहेको छ ।
सिंह
मनमा अत्याधिक खिन्नता र उदासिनता बढ्न पुग्ने छ । भाग्यको एक हदसम्म साथ रहेकाले आत्माबलमा सुधार आउने छ । राखिएका लक्ष्य प्राप्त हुने छन्, आम्दानीमा पनि बृद्धि हुने छ । पेशागत र ब्यावसायिक जीवनमा धेरै सकारात्मक अवस्था नआउने भए पनि नकारात्मकता पनि देखिने छैन् । चिसोले अत्याधिक सताउने भएकाले ध्यान दिनु होला । औषधी, सौन्दर्य प्रशाधनका सामान, स्वास्थ्य क्षेत्रमा सक्रियहरुको आम्दानी बढ्ने छ ।
कन्या
नेतृत्वदायि भुमिकाको जिम्मेबारी निर्वाह गर्दा अपेक्षा गरेको गर्न नसक्दा जिम्मेबारी दिने निकायमा नराम्रो छाप पर्ने समय छ । सतर्कताको आवश्यकता छ । पेशागत जीवन तथा ब्यावसायिक जीवनमा सचेत भएर अघि बढ्नु पर्ने समय छ । जीवनसाथिको साथ लिएर अघि बढेमा प्रतिकुलतासँग जुध्ने तागत र मनोबल प्राप्त हुने छ भने आम्दानीमा पनि बृद्धि हुन जाने छ । साझेदारी फाप्ने छ । आत्माबलमा भने कमि आउने भएकाले संयमितासाथ अघि बढ्ने तर्फ ध्यान दिनुहोला ।
तुला
संयमित भएर हिड्नु पर्ने समय छ । मनमा उदासिनताको मात्रा बढ्ने भएकाले जोश र जाँगरको अभाव देखिने छ । ब्यापार ब्यवसाय तथा पेशागत जीवनमा समास्याहरु देखा पर्ने छन भने उतार–चढाव देखा पर्ने छ । पितासँगको सम्बन्धमा पनि कटुता आउने भएकाले संयमित भएर ब्यवहार गर्दा उचित हुने छ । दाम्पत्य जीवनमा कसले नेतृत्व लिने भन्ने विषयमा केही प्रतिष्पर्धा जस्तो देखिने भए पनि जीवनसाथिको साथमा काम गरेमा सफलता मिल्ने छ, खासमा त्यसले आम्दानी बढ्ने छ ।
वृश्चिक
शरीरमा कमजोरीले सताउने छ । भाग्यको बलियो साथ रहेकाले प्रतिकुल समयमा जुध्ने तागत प्राप्त हुने छ । आत्मबलको कमि हुने भएकाले कमजोर ब्यक्तित्व हुन पुग्ने छ । साझेदारीमा गरिएका कामहरु भने सकारात्मक दिशामा अघि बढ्ने छन् । अलि नकारात्मक विचारले स्थान लिने भएकाले सकारात्मक विषयहरुप्रति प्रेरित हुनु होला । सुरक्षा निकाय, रियल स्टेट, होटल, रेष्टुरेण्ट, डान्सबार, ठेक्का पट्टा, सर्जरी आदीमा कार्यरतहरुको पेशागत जीवनमा समस्याहरु देखा पर्न जाने छन् ।
धनु
भाग्यको बलियो साथ रहेको छ । तर आफूले भोग्दै आएको सुख सुविधामा भने कमि आउने छ । परिवारको साथ रहने हुनाले देखा परेका कठिनाईहरुसँग जुध्न बलियो साथ मिल्ने छ । खासगरी बोलीमा संयमिता ल्याउन नबिर्सनु होला पेशागत जीवनमा विभिन्न अवरोध तथा समस्याहरु उत्पन्न हुने भएकाले संयमित भएर अघि बढ्नु होला । दाम्पत्य जीवन र साझेदारीमा गरिएका कामहरुमा अविश्वासहरु पैदा हुन जाने छन् ।
मकर
दृढ खालको ब्यक्तित्व हुने छ । रिसको मात्रामा अस्वाभाविक बृद्धि हुने भएकाले रिस नियन्त्रण नगरेमा देखा परेको ब्यक्तित्वमा ठुलो गिरावट आउने जाने छ । पारीवारिक जीवनमा मधुरता आउने छ । जीवनसाथिको साथले मेहनति र पराक्रमि बनाउने छ । कुटनीति, पुरातात्विक क्षेत्र, खोज अनुसन्धानको क्षेत्र, अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्र, गुप्तचरी क्षेत्रमा आवद्धहरुको हकमा समय अनुकुल देखिन्छ । अन्यको हकमा संयमित हुनु पर्ने समय रहेको छ ।
कुम्भ
बोलीमा पनि मधुरता आउने छ । सितल र शान्त स्वाभावको ब्यक्तित्व हुने भएकाले त्यसले आम्दानीमा बृद्धि गराउने छ । मनमा मेहनति र पराक्रमी भाव पैदा गराउने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा आलोचना गर्नेहरुको संख्या बढ्ने भएकाले मनको कुरा जथाभावी नभन्ने गर्नु होला । औषधी उत्पादन तथा आपूर्ति, अस्पतालका सामानको कारोवार गर्नेहरुको हकमा आम्दानीमा उच्च बृद्धि हुन पुग्ने छ ।
मीन
चलाखीपनामा बृद्धि हुने छ । नरम खालको ब्यक्तित्व हुने भएकाले अरुको विश्वास आर्जन गर्न सकिने छ । तर बोलीमा भने कडापन देखा पर्ने भएकाले यसले हात लागि सकेका कामहरु पनि बिग्रन पुग्ने छन् । पेशागत जीवनमा भने विचार नपु¥याइएका जस्ता समस्याहरु र अबरोधहरु आउने भएकाले पेशागत जीवनमा बाधा अड्चनहरु देखिने छन् । यसो हुँदा हुँदै पनि आम्दानीमा हुने केही बृद्धिले मनमा सन्तोष प्रदान गर्ने छ । परिवारका सदस्यहरुमा कसले नेतृत्व लिने भन्ने विषयमा मनमा मुटाब बढ्ने भएकाले अरुको भावनालाई पनि कदर गरि विचार गरेमा यसबाट जोगिन सकिने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८








एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया