अक्सिजन सिलिन्डरको खोजी गरिँदै प्रहरी

भक्तपुर । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा वृद्धि भएसँगै काठमाण्डौँ उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञासँगै सामाजिक अपराधका घटनामा कमी आए पनि प्रहरी अहिले निषेधाज्ञालाई कार्यान्वयन गराउन र पछिल्लो समय कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा देखिएको अक्सिजन र सिलिन्डरको अभावलाई ध्यान दिँदै त्यसको व्यवस्थापनमा जुटेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले बताए ।
“अहिलेको अवस्थामा नेपाल प्रहरीको पहिलो दायित्व निषेधाज्ञाको पूर्ण कार्यान्वयन गराउनु हो, त्यससँगै जिल्लामा अक्सिजनको अभाव हुन थालेको र अक्सिजनको अभावकै कोरोना संक्रमितको मृत्यु हुन थालेको खबरपछि प्रहरीले अक्सिजन सिलिन्डरको खोजी गर्ने र आवश्यकता अनुसार अस्पतालमा पुर्यायाउने कार्य गर्दै आएको छ”, प्रहरी उपरीक्षक थापाले भने ।
भक्तपुर प्रहरीले हालसम्म २० अक्सिजनसहितका र ७५ खाली गरी ९५ वटा सिलिन्डर विभिन्न अस्पताललाई प्रदान गरेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । परिसरले मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित भक्तपुर ईन्टरनेसनल अस्पताललाई १२, भक्तपुर अस्पताललाई पाँच र ललितपुरको अल्का अस्पताललाई पनि तीन वटा अक्सिजनसहितका सिलिण्डर उपलब्ध गराएको उनले बताए । त्यस्तै भक्तपुर अस्पताललाई ५० र मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई २५ खाली सिलिण्डर प्रदान गरिएको छ ।
ती सिलिन्डर हाल सञ्चालन नभएका उद्योग कलकारखाना, वर्कशप, कवाडी सङ्कलन केन्द्र, जिमखानालगायत क्षेत्रबाट सङ्कलन गरिएको प्रहरी उपरीक्षक थापाले बताए । “ती सिलिन्डर हामीले अस्पतालहरुलाई पछि फिर्ता गर्नेगरी अस्पताललाई दिएका छौँ, त्यहाँबाट फिर्ता आएपछि जहाँबाट हामीले सङ्कलन गरेका हौँ त्यहाँ फिर्ता गर्छौं”, उनले भने।
परिसरमा हाल ३७ खाली सिलिन्डर मौज्दात रहेको जानकारी दिँदै प्रहरी उपरीक्षक थापाले कुनै अस्पताललाई आवश्यक परे सम्पर्क गर्न आग्रह गरे । उनले आवश्यकताअनुसार सिलिन्डरको व्यवस्थापनको कार्यलाई निरन्तरता दिने बताउनुभयो । रासस
















राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया