आइतबार, वैशाख १३, २०८३

कोरोनाबाट बाँकेमा थप ८ संक्रमितको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २६ गते १३:०४

काठमाडौँ । बाँकेका अस्पतालमा उपचाररत थप ८ संक्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप ८ जनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए ।

Advertisement
NiccNicc

उनका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, बढैयाताल–२ बर्दिया निवासी ६५ वर्षीया महिला, दंगिशरण गाउँपालिका–५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष, नेपालगञ्ज–२ निवासी ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी लम्कीचुहा नगरपालिका–१ कैलाली निवासी ४३ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगञ्ज–११ निवासी ४३ वर्षीय पुरुषको उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला कोभिड स्रोत व्यक्ति वलीले जानकारी दिए । योसँगै कोरोना भाइरस संकमणका कारण बाँकेका १८० र जिल्लाबाहिरका १३६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया