नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने
मेरोन्यूज
२०७८ वैशाख २६ गते १७:०३

काडमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ (कोरोना) बाट सिर्जित स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजे देखि साँझ सात बजे सम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।
कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । हाललाई काठमाण्डौं उपत्यका भित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने छन् ।
एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं. ०१५३३०९४७ वा छेत्रपाटी चिकित्सालयको मोवाईल नं. ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने छ ।
सम्बन्धित














मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
उत्तरायणको पहिलो दिनः आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया