नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने
मेरोन्यूज
२०७८ वैशाख २६ गते १७:०३

काडमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ (कोरोना) बाट सिर्जित स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजे देखि साँझ सात बजे सम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।
कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । हाललाई काठमाण्डौं उपत्यका भित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने छन् ।
एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं. ०१५३३०९४७ वा छेत्रपाटी चिकित्सालयको मोवाईल नं. ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने छ ।
सम्बन्धित
















लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
मनोहराको सुकुमवासी बस्ती भत्काइँदै
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया