डाक्टरबिहीन बन्यो जैमिनी

गल्कोट । कोरोना संक्रमण बढ्दै जाँदा थप स्वास्थ्यकर्मी आवश्यक पर्ने समयमा बागलुङको जैमिनी डाक्टरबिहीन बनेको छ । एकमात्र डाक्टर रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको करार सम्झौता सकिएपछि जैमिनी डाक्टरबिहीन बनेको जैमिनी नगरपालिकाले जनाएको छ । कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा राजु भट्टराई क्षेत्रीको सम्झौता सकिएपछि प्राथमिक स्वास्थ्य चौकी डाक्टरबिहीन बनेको हो । कोरोना सङ्क्रमणका लागि भएका स्वास्थ्यकर्मीसमेतको करार अवधि सकिएपछि समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।
डाक्टरको करार मिति थपेर पुनः क्षत्रीलाई नै ल्याउने अथवा नयाँ विज्ञापन खुलाउने विषयमा छलफल भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्दप्रसाद आचार्यले बताए ।
“अहिले १० श्ययाको अक्सिजनसहितको आइसोलेसन वार्ड बनाएका छौँ, १० दिनदेखि डाक्टरको करार सकिएपछि डाक्टरको अभाव छ”, आचार्यले भने, “अहिले कोरोना संक्रमित होमआइसोलेसनमा छन्, समस्या परे अक्सिजनसहितको वेड तयारी अवस्थामा छ, एउटा डाक्टर भए निकै सहज हुन्थ्यो, अहिले करार सकिएका डाक्टरलाई नै पुनःनियुक्ति दिनेगरी पहल थालेका छौँ ।”
तत्काल आइसोलेसन खाली भए पनि सामान्य सङ्क्रमित राख्दा जटिल आएमा समस्या हुने भएकाले अक्सिजन तथा उपचार आवश्यक सङ्क्रमितलाई मात्रै आइसोलेसनमा भर्ना गर्ने तयारीमा रहेको आचार्यको भनाइ छ ।
नगरपालिकाले हालै सञ्चालन गरेको कोभिड–१९ अस्थायी अस्पतालमा पनि कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले नै काम गर्ने भएकाले कोरोना अस्पताल पनि प्रभावकारी हुने देखिएको भए पनि डाक्टरको अभाव रहेको उहाँको भनाइ छ ।
सरकारको मापदण्डअनुसार कोरोना अस्पतालमा कम्तिमा एक डाक्टर, एक पारामेडिक्स्, एक स्टाफ नर्स र एक कार्यालय सहयोगीसहित चार स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने व्यवस्था छ ।रासस
















मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया