यो सरकारमाथि अविश्वास गर्ने कुनै कारण छैन – प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूप्रति विश्वासको मत रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले केही दिनअघि प्रतिनिधिसभाबाट विश्वासको मत लिने बताएका थिए । सोहीअनुसार विषेश अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्रीले विश्वासको मत लिने भएका छन् ।
‘समस्याको समाधानको पक्षमा यो सरकारले काम नगरेको छैन, यो सरकारमाथि अविश्वासको कुरा गर्ने कुनै कारण छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारभित्र यो ठाउँमा कमीकमजोरी भयो, सच्याउनु पर्छ भन्ने कुरा विश्वभर औचित्यपूर्ण काम गर्न सकिन्छ, त्यसका लागि सरकार सबै पक्षसँग छलफल गर्न, संविधान संशोधन गर्न कार्यदल गठन गर्न सकिन्छ ।’
प्रधानमन्त्री ओलीले आजको समयमा कसैले विखण्डनको राजनीति बोक्न नहुने बताउँदै राजनैतिक अधिकार प्राप्तिका लागि वा आफ्ना माग पूरा गर्न आफ्नो स्वार्थ बोक्न नहुने बताए ।

















वन मन्त्रीका सय दिनः नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि
बाजुरामा स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा
Gold, silver prices slide
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया