देउवाको प्रश्न – अरुमाथि दोष थोपारेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनु हुन्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको माहामारीमा परि जनता छटपटाइ रहेदाँ पनि सरकारले सुने नसुनै गरेर बसेको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिदैं प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका देउवाले प्रधानमन्त्री ओलीकै कारण आजको अवस्था आइपरेको बताएका हुन् ।
जनता संक्रमित भएर अक्सिजिन नपाएर जनता मरिरहेका छन् तर यस्तो अवस्थामा आफुले काम गरे भन्नु लजामर्दो कुरा हैन् ? उनले प्रश्न गरे । उनले हाम्रो पार्टीलाई कोरोनाको लडाइमा सहयोग गर्छु भन्दा पनि सरकारले नसुनेको बताए ।
उनले भने,“कोरोना संक्रमण बढी रहेको रहेको अवस्थामा बनिरहेको धरहरा उद्घाटन गर्ने । औषधि, खोपमा भ्रष्टाचार गरेको छ । सरकारले गैर जिम्मेवार र अमानविय व्यवाहार देखाय रहेको छ ।”
आफू कार्यकारी प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थोपर्ने ? अरुमाथि गुनासो र दोष थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुहुन्छ ?’, देउवाले प्रश्न गरे ।
उनले प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गरेका छन्।
















निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया