नेपालमा सघाउन जापानमा कोभिड–१९ प्रतिकार्य समिति

टोकियो । जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ ।
दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो ।
जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा यही वैशाख २६ मा सम्पन्न सरोकारवालाको बैठकले नेपालमा सहयोग गर्न गैह्रआवासीय नेपाली संघ (एनआएरएन) को सहभागितामा उक्त समिति गठन गरेको हो ।
समितिको संयोजकमा भवन भट्ट, उपसंयोजकमा महेश श्रेष्ठ (कोषाध्यक्ष, एनआरएनए–आइसिसी), सदस्यमा गोविन्द श्रेष्ठ रोविन्द (एशिया प्यासिफिक संयोजक), पारसमणि पोख्रेल (एशिया प्यासिफिक उपसंयोजक) र देवीलाल भण्डारी (अध्यक्ष, एनआरएनए, जापान) र एनआरएनए जापानका महासचिव सदस्यसचिवमा चयन भएका छन् ।
समितिका अन्य सदस्यमा जापानस्थित एनआरएनए आइसिसीका निवर्तमान तथा पुर्व पदाधिकारी तथा सदस्य, एनसिसी जापानका पूर्वाध्यक्ष, नेपाल पत्रकार महासंघको शाखा, यहाँस्थित विभिन्न राजनैतिक दलका भातृ संस्थाका प्रमुख र संघ संस्था प्रमुखहरु सदस्य रहनेछन् ।
समितिले जापानवासी सम्पूर्ण नेपालीलाई सक्दो सहयोग गरी नेपाललाई सहयोग पठाउने अभियानमा सहयोगी बन्न आव्हान गरेको छ ।
संयोजक भट्टले आफÞना तर्फÞबाट यस अभियानमा १० लाख जापनी येन सहयोग गर्ने घोषणा गरे । एनआरएनए, जापानले तीन लाख येन, एनबिए जापानले एक लाख, मोना जापानले ५० हजार येन र दोलखा समाज, जापानले ५० हजार येन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । (रासस)










पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक
प्रवासी नेपालीलाई पनि भोट हाल्न दिन अध्यादेश ल्याउने तयारी
मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग
मुस्ताङकाे घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने चक्रपथ निर्माण अन्तिम चरणमा
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया