पूर्व राजा कोरोना मुक्त, रानीको अवस्था सामान्य बन्दै

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनी कोरोना संक्रमणमुक्त भएका हुन् । अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै पूर्व राजा कोरोना मुक्त भएको जनाएको छ ।
दुई दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पताले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको अस्पतालले जनाएको छ ।
यस्तै, कोरोना संक्रमण भई १८ दिनअघि नर्भिकमा भर्ना भएकी पूर्व रानी कोमल शाहलाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको अवस्थामा सुधार भएपछि हाल वार्डमा उपचार जारी राखिएको अस्पतालले जनाएको छ ।
पछिल्लो समय उनलाई दिँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया