नर्स दिवसको अवसरमा राष्ट्रपतिद्वारा नर्सको प्रशंसा
मेरोन्यूज
२०७८ वैशाख २९ गते १०:१७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाईंमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन् ।
उनले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिंदै नर्सको उच्च प्रशंसा गरेकी हुन् ।
“विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाईंमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उनले ट्वीटमा भनेकी छन् ।
‘नर्सः नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस आज नेपालसहित विश्वभरि नै मनाईंदै छ ।
सम्बन्धित


















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया