उपत्यकामा मात्रै कोरोनाका कारण एक हजार ३५४ जनाले ज्यान गुमाए

काठमाडौं । पछिल्लो केही दिन यता देशैभर कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युदर समेत बढ्दै गएको छ । मंगलबार मात्र २२५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए । जुन मृत्यु हुने संक्रमितको संख्या अहिलेसम्मकै उच्च छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंगलबार (हिजो) सम्म देशैभर कोरोनाका कारण मृत्यु हुनेको संख्या चार हजार ८४ पुगेको छ । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै एक हजार ३५४ जनाले ज्यान गुमाएका छन् । जुन कुल मृत्युको ३३।१६ प्रतिशत हो ।
उपत्यकामा पनि सबैभन्दा बढी मृत्यु काठमाडौंमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका मध्ये सबैभन्दा बढी मृत्यु काठमाडौंमा भएको जनाएको छ ।
काठमाडौंमा मात्र हालसम्म कोरोना संक्रमणबाट ९१३ जनाले ज्यान गुमाएका छन् । भक्तपुरमा १८८ जनाले र ललितपुरमा २५३ जना संक्रमितले ज्यान गुमाएका छन् । यसैगरी, उपत्यकामा हालसम्म १लाख ९० हजार ९४२ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौंमा हालसम्म एक लाख ५० हजार ५५० जना,भक्तपुरमा कुल १४ हजार ९९४ जना र ललितपुरमा हालसम्म २५ हजार ३९८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ४० हजार २२२ जना संक्रिय संक्रमित रहेका छन् ।
















आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया