अवैध धन्दा
११ लाख रुपैयाँसहित एकै दिन ३२ जना जुवाडे पक्राउ
१० लाख ६२ हजार रुपैयाँ नगतसहित प्रहरीले ३२ जनालाई पक्राउ परेका छन्

काठमाडौँ । देशको विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थाबाट १० लाख ६२ हजार रुपैयाँ नगतसहित प्रहरीले ३२ जनालाई पक्राउ परेका छन् । काठमाडौँको बहतीपोखरीबाट २५ जना र पूर्व नवलपरासी जिल्लाको मध्यबिन्दु नगरपालिका ८ भाग्राबाट ७ जना गरी ३२ जना जुवाडे पक्राउ परेका हुन् ।
बहतीपोखरी बस्ने ४९ वर्षीय पिताम्बर गौतमको सोही ठाउँस्थित फेवा दर्शन होटेलमा तास खेलिरहको अवस्थामा उनीसहित २५ जना मंगलबार दिउँसो पक्राउ परेको महानगरीय वृत्त लैनचौरले जनाएको छ ।
विशेष सूचनाका आधारमा खटिएको लैनचौर प्रहरी वृत्तले होटल सञ्चालक गौतम, भारतको ओडिसा घर भई लगनटोल बस्ने ४८ वर्षीय कानु प्रधान, ३७ वर्षीय रञ्जना ढकाल, काभ्रेको बनेपा घर भई नयाँबजार बस्ने ४७ वर्षीय पुरुषोत्तम न्यौपाने, महोत्तरी लोरपटीका ३८ वर्षीय मनोजकुमार मण्डल, बझाङ दुर्गाथली गाउँपालिका ७ घर भई स्वयम्भू बस्ने २६ वर्षीय उमेश विक, काभ्रे पाँचखाल ३ घर भई सीतापाइला बस्ने ४५ वर्षीय विजय कार्की, चितवन भरतपुर ११ घर भएका ४७ वर्षीय जगतबहादुर गुरुङ रहेका छन् ।
यस्तै, ४० वर्षीय नवीन्द्रकुमार गुरुङ, सिन्धुपाल्चोक घर भएका ज्योतीप्रकाश श्रेष्ठ, मकवानपुरको टिष्टुङ घर भई चन्द्रागिरी बस्ने ३७ वर्षीय बिर्खबहादुर थिङ, धादिङ रोराङ गाउँपालिका २ घर भएका ३५ वर्षीय पदमबहादुर तामाङ, ललितपरको लगनखेल बस्ने ४२ वर्षीय शंखर माली, भक्तपुरको चाँगुनारायण बस्ने ४० वर्षीय रामेश्वर गौतम, मकवानपुरको हेटौंडा घर भई म्हेपी बस्ने २६ वर्षीय रामकृष्ण वाइवा, दोखलाको जिरी ७ घर भएका २८ वर्षीय छिरिङ शेर्पा, काभ्रेको रोशी गाउँपालिका १ घर भएका ३३ वर्षीय मिनसाङ लामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका ४ बस्ने ३० वर्षीय अनिल सेढाई, काठमाडौंको तार्केश्वर ११ बस्ने ५५ वर्षीय राम अधिकारी, मुगु घर भएका ३७ वर्षीय तेञ्जिङ लामा, काठमाडौँ १६ बस्ने ३८ वर्षीय ग्यालछेल लामा, नवलपरासीको बर्दघाट १२ घर भएका ३५ वर्षीय छिरिङ लामा, ललितपुर लुभु बस्ने ३८ वर्षीया ज्योती थापा र सल्यान कालिमाटी गाउँपालिका–३ भर भई नागार्जुनमा बस्ने ४० वर्षीय बलबहादुर राउतलाई रहेको महानगरीय महानगरीय प्रहरी परिसरले जनाएको छ ।
उनीहरूको साथबाट १० लाख ९७ हजार रुपैयाँ, ३० बुक तास, तास खेल्न प्रयोग गरिएको ५० वटा क्वाइनसमेत बरामद गरिएको प्रहरीले जानकारी दिए ।
त्यस्तै, पूर्वी नवलरासी मध्यबिन्दु नगरपालिका ८ भाग्राबाट ४० वर्षीय पूर्ण बहादुर तामाङसहित ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त ठाउँमा तास खेलिरेहको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ६९ रुपैयाँ र ४ बुक ताससहित फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।
पछिल्लो समय जारी निषेधाज्ञाका कारण जुवाको अवैध धन्दा मौलाउँदै आएको प्रहरीले जानकारी दिए ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास
पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया