ओलीको पदमुक्तको लागि हामीले सांसद पदबाट राजीनामा दिनुपर्छः भीम रावल

काठमाडौं । नेकपा (एमाले)का माधव झलनाथ पछका नेता भीम रावलले असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने उल्लेख गरेका छन् ।
नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट रोक्न पदमुक्त गर्नुपर्ने आवश्यकता रहेको र असाधरण समस्याको समाधान गर्न असाधरण पाइला चाहिने भन्दै उनले राजीनामा दिने संकेत गरेका छन्।
उनले आफ्नो सामाजिक सञ्जाल मार्फत ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ,’ बुधबार ट्वीट गर्दै उनले भनेका छन्, ‘त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’ट्विट गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने नेपाल खनालपक्षका २८ सांसदमध्य सासंद रावल पनि थिए ।










लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु
क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय
ईपीएस भाषा परीक्षा आजदेखि
काष्ठकलामा सिपालु भीमबहादुर
आज बस्ने भनिएको कांग्रेस बैठक ४ गतेलाई सारियो
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया