शुक्रबार, चैत ६, २०८२

ओलीको पदमुक्तको लागि हामीले सांसद पदबाट राजीनामा दिनुपर्छः भीम रावल

मेरोन्यूज २०७८ वैशाख २९ गते १८:०८

काठमाडौं । नेकपा (एमाले)का माधव झलनाथ पछका नेता भीम रावलले असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने उल्लेख गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट रोक्न पदमुक्त गर्नुपर्ने आवश्यकता रहेको र असाधरण समस्याको समाधान गर्न असाधरण पाइला चाहिने भन्दै उनले राजीनामा दिने संकेत गरेका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल मार्फत ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ,’ बुधबार ट्वीट गर्दै उनले भनेका छन्, ‘त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’ट्विट गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने नेपाल खनालपक्षका २८ सांसदमध्य सासंद रावल पनि थिए ।

प्रतिक्रिया