यस्तो बन्यो ओलीको क्याविनेट : सबै पूरानै अनुहार (सूचीसहित)
पहिलो चरणमा १० जना मात्र मन्त्री बनाउने तयारी बालुवाटारले गरे पनि माधव नेपाल पक्षको मन्त्रीको नाम नटुंग्गिएको र जसपा पनि सरकारमा आउने भएपछि अहिले सबै पूरानैलाई मन्त्री दोहोर्याइएको हो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेश्रो पटक सिंहदरबारको बागडोर सम्हालेका छन् । संसद्मा विश्वासको मत प्राप्त नगरी पदमुक्त भएको तेस्रो दिनमै ओली संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को एउटा घटक (उपेन्द्र-बाबुराम)ले संसद्मा सरकार बनाउन आवश्यक १३६ मत पुर्याउन नसकेपछि संविधानको धारा ७६ (३) अनुसार संसद्को ठूलो दलको हैसियतमा नेकपा (एमाले) का अध्यक्ष ओली बिहीबार बेलुकी नै प्रधानमन्त्रीमा नियुक्त भएका थिए । योसहित ओली तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका हुन् ।
ओलीले शपथ लिएसँगै आजै मन्त्रिपरिषद्समेत विस्तार गरेका छन् । उनले आफ्नो मन्त्रिमण्डलमा रहेका अधिकांश पूरानै नेताहरुलाई मन्त्री नियुक्त गरेका छन् । आफूलाई तेस्रोपटक प्रधानमन्त्री बन्न सघाएका जसपाको एक घटक (महन्थ राजेन्द्र)लाई पनि ओलीले आफ्नो क्याविनेटमा ल्याएर मन्त्री बनाउन चाहेका थिए ।
तर, जसपाको उक्त घटकले केही परिस्थति निर्माण गरेर मात्र सरकारमा आउने आश्वासन दिएपछि अहिले ओलीले आफ्नै पार्टी एमालेका तर्फबाट मात्र नेताहरुलाई समेटेर मन्त्रिमण्डल गठन गरेका हुन् । ओलीले आफ्ना पूरानै मन्त्रिमण्डलका सबैलाई समेटेर अहिले मन्त्रिमण्डल बनाएका हुन् ।
जसअनुसार ईश्वर पोखरेलले उपप्रधानसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रामबहादुर थापा (बादल) गृह, विष्णु पौडेलले अर्थ मन्त्रीको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रीहरु पनि पूरानै छन् ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वमाओवादी धारका ५ र एमाले धारका ५ जनालाई मात्र समेटेर पहिलो चरणमा १० जना मात्र मन्त्री बनाउने समझदारी बनेको थियो ।
तर माधव नेपाल पक्षले मन्त्रीको नाम टुंगो नलगाएपछि र जसपाका पनि नेताहरु केही प्राविधिक विषय मिलाएर सरकारमा आउने बताएपछि ओलीले अहिले पूराना सबै मन्त्रीलाई यथास्थानको मन्त्री मन्त्रिपरिषद्को गठन गरेका हुन् ।
उनले नेपाल पक्षले टुंगो लगाएपछि र जसपाको पनि प्राविधिक तयारी पूरा गरेपछि अहिलेको मन्त्रिमण्डललाई पूर्नगठन गर्ने गरी क्याविनेटमा पूरानैलाई दोहोर्याएका हुन् ।
क्याविनेटमा प्रधानमन्त्री ओलीका सारथी
| क्र.स | नाम | कार्यविभाजन |
| १. | केपी शर्मा ओली | प्रधानमन्त्री तथा रक्षा |
| २. | ईश्वर पोखरेल | उप्रपधान तथा प्रधानमन्त्री कार्यालय |
| ३. | रामबहादुर थापा बादल | गृह |
| ४. | टोपबहादुर रायमाझी | उर्जा |
| ६. | विष्णु पौडेल | अर्थ |
| ७. | प्रदिप ज्ञवाली | परराष्ट्र |
| ८. | हृदयेश त्रिपाठी, | स्वास्थ्य तथा जनसंख्या |
| ९. | लेखराज भट्ट | उद्योग, वाणिज्य तथा आपूर्ति |
| १०. | कृष्णगोपाल श्रेष्ठ, | शिक्षा, विज्ञान तथा प्रविधि |
| ११. | प्रभु साह | सहरी विकास |
| १२. | भानभुक्त ढकाल | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन |
| १३. | मणिचन्द्र थापा | खानेपानी |
| १४. | पद्मा अर्याल | कृषि तथा पशुपक्षी |
| १५. | वसन्त नेम्वाङ | भौतिक पूर्वाधार तथा यातायात |
| १६. | गौरीशंकर चौधरी | श्रम, रोजगार तथा सामाजिक सुरक्षा |
| १७. | पार्वत गुरुङ | सञ्चार तथा सूचना प्रविधि |
| १८. | शिवमाया तुम्बाहाम्फे | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण |
| १९. | लिलानाथ श्रेष्ठ | कानून, न्याय तथा संसदीय मामिला |
| २०. | गणेशसिंह ठगुन्ना | संघीय मामिला तथा सामान्य प्रशासन |
| २१. | प्रेमबहादुर आले | वन तथा वातावरण |
| २२. | जुलीकुमारी महतो | महिला, बालबालिका तथा ज्येष्ठ नागरिक |
| २३. | दावा लामा तामाङ | युवा तथा खेलकुद |
| २४. | नवराज राउत (राज्यमन्त्री) | स्वास्थ्य तथा जनसंख्या |
| २५. | रामवीर मानन्धर (राज्यमन्त्री) | सहरी विकास |
| २६. | विमला विक (राज्यमन्त्री) | उद्योग, वाणिज्य तथा आपूर्ति |










जलवायु न्यायको लागि विश्वव्यापी प्रदर्शन
सरकारलाई मानवअधिकार आयोगको आग्रह- हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुनू
याे सरकारलाई निर्वाचन गराउने हक छैन : ओली
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्रीको निर्देशन
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
सन्तोष परियारले छाडे रास्वपा
प्रतिक्रिया