ललितपुरका यी क्षेत्रमा ५ जना भन्दा बढी भेला हुन नपाइने

काठमाडौं । गतवर्ष जस्तै रातो मच्छिन्द्रनाथको रथ यात्रामा हुलदंगा हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगर क्षेत्रभित्रका केही स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधित क्षेत्रहरु तोकेको छ ।
शनिबार बिहान ६ बजेदेखि बुधबार राति १० बजेसम्मको लागि सो आदेश जारी भएको हो । रातो मच्छिन्द्रनाथको रथ यात्रामा हुन सक्ने हुलदंगा वा अशान्तिलाई मध्यनजरमा राख्दै प्रशासनले निषेधित क्षेत्र तोकेको हो ।
आदेशको उल्लंघन गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ ।
यस वर्षको रातो मच्छिन्द्रनाथको रथ यात्रालाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर न्यून संख्यामा उपस्थित भइ रथारोहण गर्न लागिएको छ ।
प्रशासनले विभिन्न सरोकारवालासँग छलफल गरेर जेठ १ गते प्रतिकात्मक रूपमा रथ तानेर रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्ने र खटमा राखेर बुङ्गमती पुर्याउने निर्णय गरेको थियो । गतवर्ष रथ तान्ने विषयमा विवाद हुँदा झडप भएको थियो ।
निषेधित क्षेत्र तोकिएको स्थान
श्री रातो मच्छिन्द्रनाथको रथ रहेको आसपास क्षेत्र, पूर्व– मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम– श्री रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिम तर्फको बारुण यन्त्र रहेको स्थान, दक्षिण– सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड), उत्तर– लविम मल पश्चिमपट्टीको सडक
श्री मिननाथको रथ रहेको आसपास क्षेत्र, पूर्व–गणेशस्थान मन्दिर, पश्चिम–टबहाल चोक, दक्षिण–ईति चोक, उत्तर–टंगल र चक्रवहिली गल्ली

















पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया