विद्यालयलाई जग्गा किन्न २१ लाख संकलन

रसुवा । रसुवाको पहिलो विद्यालय निलकण्ठ माध्यमिक विद्यालय ‘नमूना विद्यालय’मा छनोट भएसँगै नयाँ भवन निर्माण गर्न जग्गा खरिदको लागि झण्डै २१ लाख जुटेको छ ।
भवन बनाउन आवश्यक पाँच रोपनी जग्गा खरिद गर्न विद्यालयका पूर्व विद्यार्थीको पहलमा शुरु गरिएको चन्दा संकलनको एक महिनामा २० लाख ९२ हजार रुपैयाँ जम्मा भएको प्रचारप्रसार विभागका संयोजक शशी डङ्गोलले जानकारी दिए ।
उतरगया गाउँपालिका–५ घर भएर हाल बेल्जियम निवासी मीरा डङ्गोलले एक लाख एक सय रुपैयाँ दिएर शुरु भएको सो अयिभानमा गाउँपालिकाका लेखनाथ अधिकारीले एक लाख एक हजार १५५ रुपैयाँ सहयोग गरेका छन् ।
हालसम्म १९८ दाताबाट सहयोग जुटेको छ । रकम सङ्कलन अभियान अहिलेको निषेधाज्ञाको समयमा पनि जारी रहेको शिक्षक गणेश श्रेष्ठले बताए ।
विसं. २००७ मा स्थापना भएको उक्त विद्यालयमा भवन र आवासीय संरचना बनाउन नेपाल सरकारबाट एक करोड ५० लाख बढी रकम बजेट सुनिश्चित भएको छ । सोही कारण जग्गाको जाहो गर्न लागिएको हो ।
स्थानीय वसन्त आचार्यसँग चार रोपनी जग्गा ७६ लाख ८० हजारमा खरिद गर्न दाताबाट संकलन भएको रकमबाट विद्यालयले १० लाख अग्रिम भुक्तानी दिइसकेको व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद आचार्यले जानकारी दिए ।
जग्गा खरिद सहित पूर्वविद्यार्थीले स्मारक, वालउद्यान लगायतका संरचना निर्माण गर्न सहयोग अभियान चलाएको विदुर निवासी पूर्वविद्यार्थी मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिए । उनका अनुसार अभियानमार्फत एक करोड संकलन गर्ने लक्ष्य छ ।
















मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
ओलीको पक्राउपछी आन्दाेलनका कार्यक्रम घाेषणा गर्न एमालेले बोलायो आकस्मिक बैठक
Former Prime Minister, CPN (UML) chair Oli arrested
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया